Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ । 

नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो । डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको जनाएको छ । 

“सुक्खायामका बेला हुरी चल्ने क्रमसँगै वन क्षेत्रमा लाग्ने डढेलोका कारण सामुदायिक वनका पदाधिकारीको हेलचक्रयाइँले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ”, वडाध्यक्ष बहादुरसिंह महराले भने, “डढेलोका कारण लाखौँको काठ खरानी हुन्छ, जीवजन्तुको बासस्थान मासिन्छ ।” 

उनका अनुसार डढेलोले चुरे र यससँगै जोडिएको राष्ट्रिय वन क्षेत्रमा जैविक विविधता र वन पैदावारमा पनि क्षति हुँदै आएको छ । वडाअन्तर्गत पर्ने सुनदेवी महिला सामुदायिक वन, भगवती सामुदायिक वन, वैजनाथ सामुदायिक वन, कालिका सामुदायिक वन, प्रगति सामुदायिक वन र बैजनाथ धार्मिक वन उपभोक्ता समितिलाई पत्राचार गरी डढेलो रोकथामका लागि योजना बनाई पदाधिकारीसहित उपभोक्त टोलीलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष महराले बताए । 

“डढेलोका कारण सामुदायिक वनमा क्षति हुन नदिन आवश्यक जनशक्ति, यन्त्र, उपकरण, उपलव्ध स्रोतसाधन परिचालन  गर्न भनेका छौँ”, दुई दिनभित्र वडा कार्यालयमा योजना पेस गर्न निर्देशन दिइएको जानकारी दिँदै उनले भने। 

पालिकाको पत्रको अवज्ञा गरी डढेलो नियन्त्रणको व्यवस्था नमिलाएको पाइएमा सामुदायिक वनको कार्ययोजना, विधान नवीकरण सिफारिसमा रोक लगाउनेसँगै काठ बिक्रीमा रोहबर नहुने र वडाबाट उपलव्ध हुने वातावरणसम्बन्धी सेवा उपलव्ध नगराइने वडाध्यक्ष महराले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending