Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

ताइवान भूकम्प प्रत्यक्षदर्शीको अनुभव- यो घर पहाड ढलेजस्तै ढल्यो

भूकम्पमा परी नौ जनाको मृत्यु, करिब ९०० जना घाइते

खबरडबली संवाददाता

काठमाडौं । ताइवानमा गएकोे २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधबार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ९०० जनाभन्दा बढी घाइते भएका छन् ।

करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो । 

केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ । हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामिण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो । 

समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’ मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।  ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।

एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठूलो पहिरो खसेको देखिएको छ । एक जना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् । 

हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढीप्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीइ टेलीभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्वीरमा देख्न सकिन्छ । 

प्रत्यक्षदर्शीको अनुभव

बुधबार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भने, “भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।

राजधानीबाहिर रहेको लिउको न्यू ताइपेइ शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।

स्थानीय समयअनुसार बिहान ८ बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो ।

वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए । 

प्रिन्टिङ प्रेस नजिकै बस्ने चाङले भने, “घरका धेरै सजावट भुइँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । “हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला।”

अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पु¥याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए। 

ताइवानको दोस्रो ठूलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठूला ठूला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।

ताइवानभरि नै शक्तिशाली धक्का महसुस

ताइपेइस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वु चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महसुस गरिएको थियो । भूकम्पको महशुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।

“सन् १९ को भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भने । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् । 

सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।

जोखिम र सतर्कता

भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महशुस गरिन्छ ।

ताइवानको राजधानी ताइपेइमा ठूला ठूला भवनहरू बनाइएकाभएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।

न्यू ताइपेइ शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताए । 

भत्किएको ठूलो भवन नजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताए । 

बुधबारको भूकम्पको धक्काबारे भने, “भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ त्यसैले मैले यसलाई सुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।” 

तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प व्यहोरेको बुधबारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएकोे’ बताए । 

उनले फेसबुकमा लेख्नुभएको छ, “मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर काँपिरह्यो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending