Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र

खबरडबली संवाददाता

बागलुङ । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो । 

निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो । गत माघसम्म ठूलो सङ्ख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ । 

ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ । विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो । 

काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए । उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे । 

हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै रु साढे आठ करोड भुक्तानी हुन बाँकी रहेको अदैले बताए । करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उनको भनाइ छ । अस्पातलको भवन निर्माणका लागि रु १७ करोड ५० लाखमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो ।

ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको तथा आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उनको भनाइ छ । 

“हामीहरूले इमान्दार भएर काम गर्याै तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छाड्न बाध्य भयौँ, सबै व्ययभार मिलाउन गाह्रो भएको छ, भदौसम्मको रु छ करोड बढी बिल पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन”, अदैले भने, “अहिलेसम्म रु आठ करोडभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष ?, अहिले हामीहरू निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ ।”

उपत्यका क्षेत्रमा ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा त्यहाँका बासिन्दा अधिकारीचौर, बोबाङलगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

ढोरपाटनमा अहिलेसम्म अस्पताल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको छ । बुर्तिबाङ बजारबाट ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । 

उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । निर्माणाधीन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको बताइएको छ । 

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्रगतिमा काम गरेको जनाउँदै सङ्घीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताए । सात महिना अगाडि नै निर्माण कम्पनीले नगरपालिकामा बिल पेस गरेको जनाउँदै केन्द्रमा पटक–पटक माग गर्दा पनि रकम नपठाएको उनको भनाइ छ । नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिति नरहेको ज्ञवाली बताउँछन् । 

उनले भने, “ठूलो रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ, तर अहिलेसम्म आएन, उहाँहरूले धेरै काम गर्नुभएको छ, भुक्तानी नगरपालिकाले पनि गर्न सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने जोखिम लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, सङ्घीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा परेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: