Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र

खबरडबली संवाददाता

बागलुङ । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो । 

निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो । गत माघसम्म ठूलो सङ्ख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ । 

ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ । विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो । 

काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए । उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे । 

हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै रु साढे आठ करोड भुक्तानी हुन बाँकी रहेको अदैले बताए । करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उनको भनाइ छ । अस्पातलको भवन निर्माणका लागि रु १७ करोड ५० लाखमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो ।

ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको तथा आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उनको भनाइ छ । 

“हामीहरूले इमान्दार भएर काम गर्याै तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छाड्न बाध्य भयौँ, सबै व्ययभार मिलाउन गाह्रो भएको छ, भदौसम्मको रु छ करोड बढी बिल पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन”, अदैले भने, “अहिलेसम्म रु आठ करोडभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष ?, अहिले हामीहरू निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ ।”

उपत्यका क्षेत्रमा ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा त्यहाँका बासिन्दा अधिकारीचौर, बोबाङलगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

ढोरपाटनमा अहिलेसम्म अस्पताल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको छ । बुर्तिबाङ बजारबाट ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । 

उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । निर्माणाधीन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको बताइएको छ । 

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्रगतिमा काम गरेको जनाउँदै सङ्घीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताए । सात महिना अगाडि नै निर्माण कम्पनीले नगरपालिकामा बिल पेस गरेको जनाउँदै केन्द्रमा पटक–पटक माग गर्दा पनि रकम नपठाएको उनको भनाइ छ । नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिति नरहेको ज्ञवाली बताउँछन् । 

उनले भने, “ठूलो रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ, तर अहिलेसम्म आएन, उहाँहरूले धेरै काम गर्नुभएको छ, भुक्तानी नगरपालिकाले पनि गर्न सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने जोखिम लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, सङ्घीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा परेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...

नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending