काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ ।
वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन ब्रुमर र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सफाइ कार्यक्रममा वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा सङ्घसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गुलगायत सङ्क्रमण घटाउन मद्दत हुनेछ ।
उनले भने, “हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ, यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ, यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फुर्त सहभागिताको अपेक्षा गरेका छौँ ।”
वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताए । उनले भने, “यो ठमेललगायतका पर्यटकीयस्थल, गोङ्गबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्कजस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो, वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ, यसको संयोजनका लागि काम गरिरहेका छौँ ।”
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवी शर्माका अनुसार सञ्चयकोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटनमार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दुमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब चार रिक्सा माटो निकालिएको थियो ।
यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा संलग्न अधिकारीले प्रतिक्रिया दिए । सफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कामपाले अहिले केही वडाबाट फोहरको वर्गीकरण गरेर अन्तिम व्यवस्थापनका लागि काम गरिरहेको छ । उक्त कार्य ३२ वटै वडाबाट कार्यान्वयन गर्ने कामपाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: