काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायाममा फोहरका कारण सिर्जना हुनसक्ने जोखिम घटाउन ‘विशेष सरसफाइ’बाट पूर्वतयारी थालेको छ ।
वडा नं २६ ठमेल क्षेत्रबाट कामपाले पूर्वतयारीअन्तर्गतको सरसफाइको काम थालेको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन ब्रुमर र सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सफाइ कार्यक्रममा वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लब तथा सङ्घसंस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गुलगायत सङ्क्रमण घटाउन मद्दत हुनेछ ।
उनले भने, “हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ, यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनुपर्छ, यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फुर्त सहभागिताको अपेक्षा गरेका छौँ ।”
वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताए । उनले भने, “यो ठमेललगायतका पर्यटकीयस्थल, गोङ्गबु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्कजस्ता बाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो, वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ, यसको संयोजनका लागि काम गरिरहेका छौँ ।”
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवी शर्माका अनुसार सञ्चयकोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटनमार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दुमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब चार रिक्सा माटो निकालिएको थियो ।
यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा संलग्न अधिकारीले प्रतिक्रिया दिए । सफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कामपाले अहिले केही वडाबाट फोहरको वर्गीकरण गरेर अन्तिम व्यवस्थापनका लागि काम गरिरहेको छ । उक्त कार्य ३२ वटै वडाबाट कार्यान्वयन गर्ने कामपाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: