Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना अधुरै

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । 

सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत वर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । 

निर्माण व्यवसायीले भवन निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याए पनि सङ्घीय सरकारबाट थप बजेट नआएका कारण भवनलाई पूर्णता दिन समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए । निर्माण व्यवसायीलाई गाउँपालिकाले करिब रु एक करोड ८४ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्झौताबमोजिमको बजेट सरकारले नपठाएपछि गाउँपालिका अध्यक्ष भारतकुमार पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलगायत टोलीले अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ समेतलाई भेटेर ध्यानाकर्षणसमेत गराए । 

“निर्माण व्यवसायीले गत फागुनभित्रै काम सक्ने स्थिति थियो तर सरकारले दिनुपर्ने भुक्तानी नै पठाएन, हामी अहिले पनि काठमाडौंमा निरन्तर ध्यानाकर्षण गराउन गइरहेका छौँ, पठाउन बाँकी थप बजेट पठाउने कुनै सङ्केत देखिएको छैन,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भने । 

काम गरेको रकम भुक्तानी नपाएपछि  निर्माण व्यवसायीले अहिले भवन निर्माण कार्यलाई स्थगित गरेका छन् । भवन निर्माणको थप बजेट सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । 

“भवनको अधिकांश काम सकिएको छ तर निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम माथिबाट आएको छैन, योजनाको काम नै रोकिने अवस्थामा पुगेको छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । 

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो । विसं २०८० वैशाख २४ गते जयलक्ष्मी/अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी रु तीन करोड ८४ लाख १८ हजार नौ सय सात लागतमा उक्त भवन निर्माण योजनाको ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीले भवन निर्माणको काम सकेर झ्यालढोका राख्ने, रङ्गरोगन गर्नेलगायत फिनिसिङको काम मात्रै बाँकी रहेको जनाएको छ । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । 

निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्यालढोका र स्टिल फर्निचरलगायत सामग्रीहरु तयारी अवस्थामा राखेको र थप भुक्तानी गर्नुपर्ने रकमको व्यवस्थापन भएमा भवनले छिट्टै पूर्णता पाउने उनको भनाइ छ । 

कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको समेत पठनपाठन हुने यस विद्यालयमा करिब तीन सय विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयको भवन निर्माण योजना अधुरो हुँदा विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: