Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना अधुरै

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । 

सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत वर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । 

निर्माण व्यवसायीले भवन निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याए पनि सङ्घीय सरकारबाट थप बजेट नआएका कारण भवनलाई पूर्णता दिन समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए । निर्माण व्यवसायीलाई गाउँपालिकाले करिब रु एक करोड ८४ लाख रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्झौताबमोजिमको बजेट सरकारले नपठाएपछि गाउँपालिका अध्यक्ष भारतकुमार पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङलगायत टोलीले अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ समेतलाई भेटेर ध्यानाकर्षणसमेत गराए । 

“निर्माण व्यवसायीले गत फागुनभित्रै काम सक्ने स्थिति थियो तर सरकारले दिनुपर्ने भुक्तानी नै पठाएन, हामी अहिले पनि काठमाडौंमा निरन्तर ध्यानाकर्षण गराउन गइरहेका छौँ, पठाउन बाँकी थप बजेट पठाउने कुनै सङ्केत देखिएको छैन,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले भने । 

काम गरेको रकम भुक्तानी नपाएपछि  निर्माण व्यवसायीले अहिले भवन निर्माण कार्यलाई स्थगित गरेका छन् । भवन निर्माणको थप बजेट सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । 

“भवनको अधिकांश काम सकिएको छ तर निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम माथिबाट आएको छैन, योजनाको काम नै रोकिने अवस्थामा पुगेको छ,” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । 

राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो । विसं २०८० वैशाख २४ गते जयलक्ष्मी/अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी रु तीन करोड ८४ लाख १८ हजार नौ सय सात लागतमा उक्त भवन निर्माण योजनाको ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीले भवन निर्माणको काम सकेर झ्यालढोका राख्ने, रङ्गरोगन गर्नेलगायत फिनिसिङको काम मात्रै बाँकी रहेको जनाएको छ । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । 

निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्यालढोका र स्टिल फर्निचरलगायत सामग्रीहरु तयारी अवस्थामा राखेको र थप भुक्तानी गर्नुपर्ने रकमको व्यवस्थापन भएमा भवनले छिट्टै पूर्णता पाउने उनको भनाइ छ । 

कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको समेत पठनपाठन हुने यस विद्यालयमा करिब तीन सय विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयको भवन निर्माण योजना अधुरो हुँदा विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending