Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

हिमाल चढ्न हिँडे आरोही

खबरडबली संवाददाता

काठमाडौं । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । 

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन् ।

पर्यटन विभागका अनुसार वसन्तऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कूल तीन सय ३४ आरोहण अनुमति लिएका छन् । सगरमाथा हिमालमा मात्रै १३समूहका ३० महिलासहित एकसय ४९ आरोहीले अनुमति पाएका छन् ।

२३ करोडभन्दा बढी राजस्व

हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु २३ करोड ७५ लाख सात हजार सात सय ७६ रोयल्टी सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै रु २० करोड ९८ लाख २२ हजार दुई सय आम्दानी भएको छ ।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले यस याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतर्फ लागेका छन् । उनका अनुसार सगरमाथा आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आइरहेका छन् ।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमालमा चार आरोही समूहका ३८ जनाले अनुमति पाएका छन् । यस्तै ल्होत्से हिमालका चार आरोही समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल आरोहणका लागि तीन आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

वसन्तऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा हालसम्म करिब १५ जना आरोही आरोहणका लागि आएको बताए । 

अहिले ६० हाराहारी आरोही अनुमति लिने प्रक्रियामा रहेकाले यसवर्ष पनि सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । एसियन ट्रेकिङका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अहिले उल्लेख्य सङ्ख्यामा आरोही आइरहेको बताउँ छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्तऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । 

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्तऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई रु ११ लाख दस्तुर लाग्छ । नेपालीले भने रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । यो याममा आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएको विभागले जनाएको छ । यो याममा सगरमाथा आरोहणका लागि रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।

उक्त कम्पनीमार्फत जाने दक्ष शेर्पाले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो खुलाउछन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाइरहेको छ । अहिले खुम्बु आइसफलमा बाटो बनाउने कार्य जारी रहेको समितिले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy