Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

चितवनमा विक्रमबाबा मेला सुरु

खबरडबली संवाददाता

चितवन । विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । हरेक वर्ष चैते दसैँको समयमा लाग्ने विक्रमबाबा यस वर्ष आजदेखि सुरु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका विक्रमबाबाको थारु समुदायले परापूर्वकालदेखि पूजा गर्ने स्थान हो । पछिल्लो समय सबै जातजातिको धार्मिकस्थल बनेको छ ।

भरतपुर महानगरपालिकाले मेला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका उपप्रमुख एवं मेला व्यवस्थापन मूल समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार आज औँसीको दिन भएकाले भक्तजन कम मात्रामा आएका छन् ।

मङ्गलबारदेखि भक्तजनको उपस्थिति बाक्लो हुने र मङ्गलबार नै सामूहिक पूजा गरिने उनले बताए । उनले भने, “मेलाको तयारी पूरा भएको छ, आजैदेखि भक्तजन आउने क्रम सुरु भएको छ ।” मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएका छन् ।

पूजा व्यवस्थापनका लागि निकुञ्ज, नेपाली सेना, केरुङ्गा मध्यवर्ती सामुदायिक वन र पटिहनी उपभोक्ता समिति तथा घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि एवं महानगरका प्रतिनिधि खटिने छन् । अधिकारीका अनुसार बाहिर बजार व्यवस्थापनका लागि वडा नं २३ का अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेर काम गरिएको छ । 

सामुदायिक वन क्षेत्रमा एक सय ६० कक्ष निर्माण गरी वितरण गरिएको अधिकारीले जानकारी दिए । यस्तै सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । कार्यसम्पादन समितिका संयोजक दवाडीका अनुसार मेला व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सिसीटिभी जडान गरिसकिएको छ । दश स्थानमा क्यामेरा जडान गरिएको र आवश्यकताअनुसार थप गर्ने गरी काम गरिएको उनले बताए । 

यस वर्ष छ लाखभन्दा माथि भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । आजदेखि सुरु भएको मेला वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । बिहान ६ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिने छ भने मेला बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने छ ।

मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको समन्वयमा गरिने छ । राप्ती नदीको पुलमा भक्तजनको भीड नियन्त्रणका लागि नगर प्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ । यस अघि सामुदायिक वन उपभोक्ता समितिले मेलाको व्यवस्थापन गर्दै आएको थियो । 

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । सन्तान प्राप्ति र सुखलगायत मनोकामना पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: