चितवन । विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । हरेक वर्ष चैते दसैँको समयमा लाग्ने विक्रमबाबा यस वर्ष आजदेखि सुरु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका विक्रमबाबाको थारु समुदायले परापूर्वकालदेखि पूजा गर्ने स्थान हो । पछिल्लो समय सबै जातजातिको धार्मिकस्थल बनेको छ ।
भरतपुर महानगरपालिकाले मेला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरका उपप्रमुख एवं मेला व्यवस्थापन मूल समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार आज औँसीको दिन भएकाले भक्तजन कम मात्रामा आएका छन् ।
मङ्गलबारदेखि भक्तजनको उपस्थिति बाक्लो हुने र मङ्गलबार नै सामूहिक पूजा गरिने उनले बताए । उनले भने, “मेलाको तयारी पूरा भएको छ, आजैदेखि भक्तजन आउने क्रम सुरु भएको छ ।” मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएका छन् ।
पूजा व्यवस्थापनका लागि निकुञ्ज, नेपाली सेना, केरुङ्गा मध्यवर्ती सामुदायिक वन र पटिहनी उपभोक्ता समिति तथा घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि एवं महानगरका प्रतिनिधि खटिने छन् । अधिकारीका अनुसार बाहिर बजार व्यवस्थापनका लागि वडा नं २३ का अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरेर काम गरिएको छ ।
सामुदायिक वन क्षेत्रमा एक सय ६० कक्ष निर्माण गरी वितरण गरिएको अधिकारीले जानकारी दिए । यस्तै सरसफाइ, खानेपानी, हेल्प डेस्क, दमकल, एम्बुलेन्स र पानी ट्याङ्कीको व्यवस्था गरिएको छ । कार्यसम्पादन समितिका संयोजक दवाडीका अनुसार मेला व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा सिसीटिभी जडान गरिसकिएको छ । दश स्थानमा क्यामेरा जडान गरिएको र आवश्यकताअनुसार थप गर्ने गरी काम गरिएको उनले बताए ।
यस वर्ष छ लाखभन्दा माथि भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । आजदेखि सुरु भएको मेला वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । बिहान ६ देखि बेलुका ५ बजेसम्म पूजाका लागि निकुञ्जमा प्रवेश खुला गरिने छ भने मेला बिहान ५ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने छ ।
मेला र पूजाको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको समन्वयमा गरिने छ । राप्ती नदीको पुलमा भक्तजनको भीड नियन्त्रणका लागि नगर प्रहरीले लाइन व्यवस्थापनको काम गर्ने छ । यस अघि सामुदायिक वन उपभोक्ता समितिले मेलाको व्यवस्थापन गर्दै आएको थियो ।
राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । सन्तान प्राप्ति र सुखलगायत मनोकामना पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: