Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

ग्रामीण विकासमा सचेतनाको खाँचो

सत्येन्द्र लाल कर्ण
सत्येन्द्र लाल कर्ण

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन।

ग्रामीण विकासको लागि सचेतना गराउने कार्य अल्पविकसित देशहरूको सन्दर्भमा अपरिहार्य मानिन्छ। देशको आर्थिक विकासका बाधक तत्वहरू र अवरोधहरूविरुद्ध जनचासो अभिवृध्दि गराएर जनसहभागितामुलक सकारात्मक जनअभिमत तयार पारी मुलुकको चौतर्फी विकासलाई उत्प्रेरित गराउन सकिन्छ।

संविधानको संरक्षणसँगै प्रचलित कानुनहरूको सफल कार्यान्वयन गराउन तथा विधिको शासन र सामाजिक न्यायको पक्षमा उभिएर जनतालाई पहिला (पीपल द फस्ट), गरीबलाई पहिला (पुअर द फस्ट) र तलदेखि माथिसम्म (बटम अप) जाने विकास अवधारणामा आधारित अग्रगामी, प्रगतिशील, समावेशी र सम्पूर्ण स्थानीय जनसमुदायको आर्थिक सांस्कृतिक उन्नयन गराउने कार्यमा जनताले संज्ञान लिनु आवश्यक छ।

स्थानीय जनताहरूको समग्र आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक उत्कृष्टताहरूलाई उत्प्रेरित गराई राष्ट्र निर्माणमा लगाउन वातावरण संरक्षण, सामाजिक स्वच्छता र सरसफाई, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, जीवनस्तर, आयस्तर, मानवअधिकार, सामाजिक सद्भाव, समावेशीता र राष्ट्रिय एकता लगायतका पक्षहरूलाई बहुआयामिक रुपले समेट्दै जनतालाई आर्थिक समृद्धिको बाटोतिर उन्मुख गराउँदै गरीब, विपन्न, सीमान्तकृत, बञ्चितिकरण, विभेद र शोषणमा परेका तथा पारिएका महिला, पुरुष, बालबालिका, युवा, बृद्धलगायत समाजका सम्पूर्ण जातजाति तथा वर्ग र क्षेत्रका जनसमुदायलाई सशक्तिकरण गरी सबल तुल्याउन आत्मनिर्भर र स्वाभिमानी नागरिक समाजको रूपमा रुपान्तरण गर्ने अठोटका साथ ग्रामीण विकास सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी गुणस्तरीय जीवन भएको मानव विकासका लक्ष्यहरूलाई हासिल गर्न सघाउने अभियानमा लाग्ने कार्यमा तीव्रता दिनको लागि ग्रामीण विकासमा सचेतनालाई आवश्यक मान्न सकिन्छ।

ग्रामीण विकासको उद्देश्यहरूलाई पूरा गर्नका लागि जनचेतना विस्तार निम्नलिखित कार्यक्रमहरू सञ्चालन गरेर गर्न सकिन्छ।

(१) दिगो ग्रामीण विकासका लागि सम्भाव्यताहरूको खोजी गर्न अनुसन्धानमुलक कार्यक्रमहरू गर्ने तथा जनचेतनाको मार्फतबाट प्राकृतिक स्रोत र साधनहरूको संरक्षण गर्नको लागि कार्यक्रहरू गर्ने।

(२) समाजमा महिलाहरूको अवस्थामा सुधार ल्याउन पहल गर्ने तथा सामाजिक जनचेतना वृद्धि गरी महिला प्रजनन् स्वास्थ्य, महिला हिंसा, लैंगिक विभेद, रोजगारी लगायतका समस्याहरूलाई समाधान गर्नको लागि सिपमुलक, प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।

(३) समाजका सदस्यहरूभित्र लुकेर रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराई संसारको अगाडि ल्याउन कार्यक्रमहरू सञ्चालन गर्ने।

(४) समाजमा सयौं वर्षदेखि दबिएर, कुँजिएर बसेको सामाजिक विभेदका कारक तत्वहरूलाई व्यवस्थापन गराउन सामाजिक आन्दोलनका विभिन्न पक्षधरहरूबीच अन्तरक्रिया र सचेतना कार्यक्रम गर्ने।

(५) विश्वप्रसिद्ध व्यक्तित्वहरू र राष्ट्रिय विभूतिहरूको विचार र जीवन दर्शनबारे प्रचार-प्रसार गर्ने कार्यशाला गोष्ठीहरूको आयोजना गर्ने।

(६) देशबाट अत्यधिक मात्रामा भइरहेको प्रतिभा पलायनलाई व्यवस्थित बनाउन र नियन्त्रण गर्न देशका गुणस्तरीय  श्रमशक्तिलाई देशभित्रै उपयोग गर्न जनचेतनामुलक अभिमुखीकरण कार्यक्रमहरू गर्ने।

(७) अन्तर्राष्ट्रिय सूचना प्रणालीको विद्युतीय सञ्जालहरूबाट हुन सक्ने फाइदाहरू-बेफाइदाहरूबारे प्रचार-प्रसार गर्न सचेतनामुलक कार्यक्रमहरू गर्ने।

(८) जनताको परिवर्तनको चाहनाअनुसार गणतन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद, पुँजीवाद, हिन्दु राष्ट्र, धर्मनिरपेक्षता, उदारवादी अर्थ व्यवस्था आदि ज्वलन्त घटना परिघटनाहरूबारे विचारोत्तेजक बौद्धिक बहस र छलफल गर्ने। 

(९) लैंगिक समानता र महिला सशक्तिकरणको लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने।

(१०) नागरिक समाजको भूमिका र दायित्वहरू बारेमा सचेतनामुलक विचार गोष्ठीहरूको आयोजना गर्ने।

(११) सुशासन, सामाजिक न्याय र मानव अधिकारको रक्षा गर्नका लागि जनचेतनामुलक कार्यक्रम गर्ने।

(१२) घरेलु र स्थानीय उद्योगहरूको संरक्षण, स्थानीय र परम्परागत सिप, कुशलता, चित्रकला, पेन्टिङ, मूर्तिकला, मृत्तिकला, काष्ठकला, आभूषण निर्माण कला आदिको संरक्षण गर्नको लागि कार्यक्रमहरुको आयोजन गर्ने।

(१३) वनजंगल, सिमसार क्षेत्र, चुरे संरक्षण, वन्यजन्तुको संरक्षण गर्ने सम्बन्धमा जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(१४) ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने र ज्येष्ठ नागरिकहरूलाई विभेदरहित जीवन बाँच्ने अधिकारबारे सचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्ने।

(१५) सफा घर आँगन, खुला दिशामुक्त क्षेत्रलाई बन्देज गराउन अन्तरक्रिया र जनचेतनामुलक कार्यक्रम गर्ने।

(१६)  समाजमा व्याप्त रहेका कुप्रथाहरूलाई उन्मूलन र बन्देज गराउनको लागि जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(१७) पानीका मुहानहरूको संरक्षण गर्ने र सफा पानीमाथि जनताको अधिकार स्थापित गर्नेबारे जनचेतनामुलक कार्यक्रम गर्ने।

(१८) ग्रामीण उद्यमशीलतालाई प्रोत्साहन गर्न ग्रामीण सहरी बजारीकरणको विस्तार गर्ने सम्बन्धमा अन्तक्रिया र छलफल तथा गोष्ठीहरू गर्ने।

(१९) हिमाल, पहाड र मधेस तराईका भाषा, संस्कृति, कला आदिको संरक्षण र सम्बर्द्ध गर्न चेतनामुलक कार्यक्रमहरू गर्ने।

(२०) सामाजिक सद्भाव र राष्ट्रिय एकता बढाउन पदयात्रा, शान्ति यात्रा, कलशयात्रा, शोभायात्रा, विजय यात्रा आदि कार्यक्रमहरूमा सहभागिता जनाउन कार्यक्रमहरू गर्ने।

(२१) बाढी, पहिरो, आगलागी, भोकमरी, महामारीजस्ता प्राकृतिक र दैवी संकटहरू उत्पन्न हुने अवस्थामा उद्धार र राहत सहयोगका लागि कार्यक्रमहरू गर्ने।

(२२) सामाजिक परिवर्तन र रुपान्तरण्का लागि समाजका सदस्यहरूलाई दक्ष र निपूर्ण बनाउन प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।

(२३) जलवायु परिवर्तन र वातावरण विनाशबाट हुन सक्ने खतरालाई न्यून पार्न जनचेतनामुलक कार्यक्रम गर्ने।

(२४) मन्दिर, मस्जिद, चर्च, गुम्बा आदि विविध धर्मावलम्बीहरूबीच सहकार्य गर्न उत्प्रेरित गराउने।

(२५) नश्लवाद, भ्रष्टाचार, जातिवाद आदिजस्ता समाजलाई नकारात्मक प्रभाव पार्ने कुराहरूलाई नियन्त्रण गर्न जनचेतनामुलक कार्यक्रमहरू गर्ने।

(२६) सामाजिक संघ-संस्थाहरू, सहकारी संस्थाहरू, राजनीतिक दल तथा समाजका अगुवा संस्थाहरूलाई सहयोग पुर्‍याउनका लागि अनुरोध गर्ने।

(२७) जनचेतनामुलक कार्यक्रमको माध्यमबाट मानव जीवनका चार वटा पुरुषार्थ अर्थ, धर्म, काम, मोक्ष प्राप्तिका लागि उत्प्रेरित गराउन कार्यक्रमहरू गर्ने।

(२८) स्वच्छ गाउँ र स्वच्छ सहर बनाउनका लागि जनचेतनामुलक कार्यक्रम गर्ने।

(२९) कृषि क्षेत्रका साथै औद्योगिक उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने।

(३०) ग्रामीण विकास सम्बन्धी तालिम र प्रशिक्षण गर्न कार्यक्रमहरू सञ्चालन गर्ने।

गरीब र विपन्न देशहरूले भोग्ने गरेका समस्याहरू तथा दु:खमा बाँचिरहने व्यक्ति र परिवारका गाँस, बास र कपास तथा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका दैनिक उपभोगका सामानहरूमा अभाव हुन्छ। अभावै अभावले जेलिएको समाजमा उद्यमी, साहसी तथा शिक्षित र इमान्दार व्यक्तिहरूको खाँचो हुन्छ। मानवीय प्रयत्नबिना विकास सम्भव छैन। तसर्थ, विकासको लागि कठिन श्रम र संघर्षको आवश्यकता हुन्छ।

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन। यस सन्दर्भमा प्रसिद्ध विकास अर्थशास्त्री सिंगरको विचारलाई मनन गर्न सकिन्छ। सिंगरको विचारमा शान्तिको समुद्रमा विकासका हजारौं फूलहरू फुल्न सक्दछन्, तर एउटा फक्रिन लागेको फूलले उचित मलजल पाएन भने ओइलाएर सुकेर मर्न सक्दछ। नेपाल पनि यस्तै अवस्थामा रहेको छ। तसर्थ देशको अर्थतन्त्र जोगाउन समाजमा जनचेतना फैलाउनु आवश्यक हुन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending