Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै कर्णालीमा छजनाको मृत्यु

खबरडबली संवाददाता

सुर्खेत । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । 

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं-४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरुको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताए । राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए ।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए ।  भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये   ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies