Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

खबरडबली संवाददाता

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरुको लागि छुट्टाछुट्टै परामर्श गरेका हुन । कार्यक्रममा बिद्यालयका शिक्षकहरु पनि सहभागी थिए । 

दुई वटा माध्यामिक र एउटा आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थी र उनिहरुका अभिभावकहरुलाइ उत्प्रेरक परामर्श गरिएको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनले छोराछोरीलाई सही बाटो हिडाउन अभिभाकवको भूमिका प्रभावकारी बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले उनले बालबालिकालाई अभिभावकले पढाइमा प्रोत्साहन गर्न ऊर्जा दिनुपर्ने र सधैँ सकारात्मक सोचको विकास गर्नुपर्ने बताइन् । 

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै वडा सदस्य टंक बहादुर वली, महेन्द्र माविका विव्यस अध्यक्ष शिव प्रसाद खत्री, त्रिभुवन जनता माविका प्रअ घनश्याम वली, महेन्द्र माविका शिक्षक मान बहादुर केसी, कालिका आविका प्रअ बालाराम वली लगाएतकाले बोल्दै विद्यार्थीको क्षमता उजागर गर्न अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

उत्प्रेरक कक्षामा सहभागि भएपश्चात त्रिभुवन जनता माध्यमिक बिद्यालय लेखचौरपानीमा कक्षा ८ मा अध्ययनरत छात्रा चन्द्रकला वलीले आफुले पहिलो पटक यस्तो कक्षा लिएको भन्दै गलत संगत गर्न नहुने, सकारात्मक सोँच राख्नुपर्ने लगाएतका धेरै विषयमा जानकारी पाएको बताइन् ।

विद्यार्थीको पढाई संगै वडाको शैक्षिक अवस्था सुधारका लागि टेवा पुग्ने उद्देश्य सहित अनुभवि उत्प्रेरक वक्ता मार्फत परामर्श कक्षा सञ्चालन गरिएको वडा सचिव दुर्गा बहादुर केसीले जानकारी दिए । कार्यपालिका सदस्य तिला घर्ति, वडा सदस्य डुम ब खत्री लगाएत विभिन्न विद्यालयका शिक्षकहरु पनि कार्यक्रममा सहभागि थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

पर्सा ।  सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  साथै उ...

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा  दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत...

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ ।  पार्टीको र...

विश्वकप खेल्ने सन्दीपको बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर ...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छ...

कर्नालीवासीको आयु बढेकै हो त ?

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ ...

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

क्रिकेटर सन्दीपको मुद्दामा घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै...

व्यास नगरपालिकामा के थियो विवाद र पुनः मतगणना आदेश आयाे ?

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।  व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेक...

चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies