Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

ट्राफिक सचेतना विशेष अभियान २०८१ सुरू

खबरडबली संवाददाता
काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको माननीय उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गरेका हुन् । 
कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा  आज विहान नेपाल वायु सेवा निगम अगाडीबाट शुरु भएको प्रभातफेरी   वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथी प्रकास पार्नु हुँदै दुर्घटना न्युनिकरण गर्न  र ट्राफिक जनचेतना अभिवृद्धिका लागि शुरु गरिएको यस कार्यक्रमलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारा सहित ८ ओटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह समेत गरेका थिए । 
कार्यक्रमको  सफलताको शुभकामना दिनु हुँदै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री  रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए  । मन्तव्यकै क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्री  लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आ(आफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिए । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए ( नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम,  यात्रुवहाक सवारी साधन परिक्षण र गर्नुका साथै मेट्रो ट्राफिक एफ।एम।बाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  ।
दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक  नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा  तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए  । 
कार्यक्रममा  गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप(प्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु,  विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies