काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा भुकम्प गएको छ । सुदूर पश्चिम प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा भुकम्प गएको हो ।
प्रचण्ड र ओलीले सुदूर पश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए । तर, उनीहरुले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेपछि सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर गठबन्धनमा तरंग प्रदा भएको हो ।
कांग्रेस, नेकपा एस र राप्रपाको समर्थन जुटाएर नाउपाका रेशम चौधरी निकट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् भने एमाले र माओवादीको समर्थनमा रञ्जिता पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
रेशम पक्षका लक्ष्मणकिशोरलाई कांग्रेसका १८, नेकपा एसका ४, नाउपाका ७ र राप्रपाका १ गरी ३० सांसदको समर्थन छ रहेको छ भने एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका कैलाशलाई एमालेका १०, माओवादीका १०, नाउपाका ६ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ । गठबन्धनभित्र विवादसँगै नाउपाभित्रबाटै दोहोरो मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि यबिेला प्रदेश प्रमुख कानूनी परामर्शमा रहेका छन् । नाउपा सुदूरपश्चिममा रेशम पक्षकै बहुमत रहेकाे छ । रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री नियुक्त भए त्यसको तरंगले केन्द्रकाे सत्तासमिकरणमा भुकम्प जाने दाबी गर्न थालिएको छ ।
नेकपा एसले गठबन्धनमा थालेको विद्रोह सदर भए मधेश, बागमती र लुम्बिनी प्रदेशमा पनि सरकार फेरिनसक्छ । त्यही गठबन्धन केन्द्रसम्म आए कांग्रेसले प्रयास गरिरहेको वैकल्पिक गठबन्धन पनि बन्नसक्ने राजनीतिक वृत्तमा चर्चा छ । नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए जसपा पनि बाहिरिन सक्ने आकलन गर्न थालीएको छ । नयाँ गठबन्धन बन्ने बेलामा पनि सरकारमा जान जसपाले नेकपा एसको निर्णय पर्खेको थियो ।
कांग्रेसले चाहेअनुसारको वैकल्पिक गठबन्धनमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । नयाँ सरकार गठन गर्न यो पर्याप्त गणित हो । केन्द्रमा वैकल्पिक गठबन्धन बन्ने अवस्था आए जनमोर्चा र स्वतन्त्र सांसदहरुको समेत साथ पाउने कांग्रेसको विश्वास छ ।
प्रतिकृया लेख्नुहोस्: