काठमाडौं । झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ ।
यसैगरी झापाको मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै दमक नगरपालिका-९ क्याम्पस मोडबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका-९ घर भएका २४ वर्षीय सुजन दाहाल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-१ हिमालय टोलबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय हर्क बहादुर कुमालसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै बर्दियाको बढैयाताल गाउँपालिका-७ तातिगाँउबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय ६० मिलिग्रामसहित मधुवन नगरपालिका-९ बस्ने ३० वर्षीय ईश्वर नेपाली समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - २२:२४
माधव नेपालको बार्गेनिङ पावर समाप्त
बैशाख २३ गते, २०८१ - २१:०४
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...
बैशाख २३ गते, २०८१ - २०:५१
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...
बैशाख २३ गते, २०८१ - २०:४१
काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...
बैशाख २३ गते, २०८१ - १७:०३
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...
बैशाख २३ गते, २०८१ - १७:०१
काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...
बैशाख २३ गते, २०८१ - १६:४८
काठमाडौं । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...
बैशाख २३ गते, २०८१ - १६:४६
तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...
बैशाख २३ गते, २०८१ - १६:४२
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...
बैशाख २३ गते, २०८१ - १६:३६
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...
प्रतिकृया लेख्नुहोस्: