Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

खबरडबली संवाददाता

पोखरा  । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे । युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवसहरूको घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए ।

 पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ थियो । कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्तिहरू आज पनि विश्वमा रहेको प्रसङ्ग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे ।

सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए । सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृतिमा श्रद्धाञ्जली सभा पनि सम्पन्न गरेको थियो ।

 उनकै शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको जानकारी सो अवसरमा दिइएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक गठबन्धनका लागि भइरहेकाे खेलकुद जसपा विभाजनपछि समाप्त

माधव नेपालको बार्गेनिङ पावर समाप्त

श्रीमतीलाई चक्कुप्रहार गर्ने श्रीमान पक्राउ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा श्रीमान्‌ले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । दोगडाकेदार-२ कफलकोटका ३४ वर्षीय महेश महराले पत्नी ३२ वर्षीया ...

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पकउ पर्नेमा काभ्रेपलाञ्चोकको खानिखोला ...

बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत 'सम्झ त्यो दिन'

काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिक...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न...

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना ...

कीर्तिपुरमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको  यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ।...

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नह...

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश विश्वविद्यालय स्थापना गर्ने पाउने संविधानप्रदत्त एकल अधिकार कार्यान्वयन प्रक्रिया...

वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराउँने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्वता

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भक्तपुरको दुवाकोटमा पहिलो चरणमा ५०० शय्याको मेडिकल कलेज र अस्पताल बनाउन आवश्यक बजेट उपलब्ध गराउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies