नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन मनमोहन अधिकारी । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य रहेका थएि । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे ।
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएर गिराएको थियो । अत्यतै लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने काललाई अहिले पनि नेपालको इतिहासको स्वर्णयुग भन्ने गरिएको छ ।
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला १९४२ मा उनी भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन ।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । यिनी भारतीय कम्युनिस्ट पार्टीमा संलग्न भएका थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।
कोत पर्वपछि स्थापना भएको राणा शासन १०४ वर्षसम्म निरंकुश रूपमा चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिकलगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्त्व बुझेका परिवारका सदस्य शिक्षा आर्जन गर्न भारततिर जाने गर्थे । भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि र्पयो । त्यसैमध्येका एक थिए मनमोहन अधिकारी ।
फलस्वरूप विसं १९९९को ‘भारत छोड’ आन्दोलनमा भाग लिएकै कारण उनी पहिलोपल्ट अंग्रेजद्वारा पक्राउ परी भारतीय जेलमा परे । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण उनीमा कम्युनिस्ट विचारधारा समाविष्ट भए । जेलमा करिव डेढवर्षको बसाई पश्चात पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गरे । अनि नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्न थाले । भारतीय स्तवतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवनको आरम्भ गरेका मनमोहनले २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनको ऐतिहासिक नेतृत्व सम्हाले । मजदुर आन्दोलनकै सिलसिलमा मनमोहन तीन वर्ष जेल परे ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसबेला मनमोहन जेलमा थिए । जेलबाट रिहाई भएलगत्तै नेकपाका संस्थापक नेता पुष्पलाल उनलाई भेट्न रक्सौल आए । त्यहाँ भएको सौहार्दपूर्ण भेटघाट र छलफलपछि नेकपासँग अटूटसम्बन्ध र नेतृत्वदायी भूमिका रह्यो । २००७ सालको राणा विरोधी संघर्षका क्रममा उनलाई भारतीय समाजवादी पार्टीका मुक्ति सेनाका जवानहरूले पक्राउ गरी १२ दिनसम्म हिरासतमा राखेका थिए ।
२००८ मा कलकत्तामा सम्पन्न भएको पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्युरो सदस्य भएका उनी व.सं.२०१० सालमा भएको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित गरियो । यही बेला मनमोहन उपचार गर्न चीन जानुपर्ने भएपछि केशरजंग रायमाझीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिए । त्यतिबेला नेपालमा राजनीतिक रूपले धेरै उतारचढाव आयो त्यसलाई बुझ्न नेतृत्वले सकेन । जसका कारण कम्युनिस्ट पार्टीमा थुप्रै मतभेदहरू देखिए ।
०१७ साल पौष १ गतेको काण्डमा मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार भई ०२५ को अन्त्यतिर छुटे । जेलबाट छुट्दा दिएको वक्तव्यलाई लिएर कतिले मनमोहन अधिकारीलाई ‘राजावादी’ भएको आरोप समेत लाउन भ्याए । यद्यपि उनले राजा र पञ्चायतसामु कहिल्यै पनि नझुकेर आफूमाथि लागेको आरोपलाई गलत सावित गरेर देखाए । कम्युनिस्ट पार्टीमा आएको विभाजनले उनी सदैव चिन्तित रहन्थे त्यसैले विभाजन विरूद्ध एकताको प्रयासलाई अगाडि बढाउने उद्देश्यले मनमोहन सहित ३ जनाको केन्द्रीय न्युक्लियसको गठन भयो ।
यसले एकताको प्रयासलाई बढाउन नपाउँदै न्युक्लियसभित्रै विभाजन सुरु भयो । कम्युनिस्ट पार्टीमा एकपछि अर्को विभाजन बढ्दै गएपछि उहाँ ज्यादै चिन्तित बने । त्यसपछि केही समय चुपचाप रहनु नै उपयुक्त हुने ठाने । ०२८ सालमा पूर्वकोसी प्रान्तीय कार्यकर्ताविहीन नेताका रूपमा रहेका मनमोहनले ०३६ सालमा नेकपा ९मनमोहनं० नामको छुट्टै पार्टी खोलीे महासचिव भए । वि.सं.०३६ जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो । मनमोहन अधिकारीले जनमत संग्रहलाई निष्पक्ष र धाँधालीरहित बनाउन पाँच पूर्वसर्त प्रस्तुत गरे । आफू पनि बहुदलका पक्षमा लागेर हिँडे । त्यसक्रममा पञ्चायत समर्थक गुन्डाहरूले ठाउँठाउँमा उनलाई अपमानित गरेका थिए । तर, पनि ६० वटा जिल्लामा बहुदल पक्षलाई भोट माग्दै गाउँगाउँमा आफ्ना विचार राख्न सफल भए ।
जनमत संग्रहमा पञ्चायतको विजय भएको घोषणा गरेलगतै प्रमाणसहित जनमतसंग्रह निष्पक्ष नभएको भन्दै त्यसको विरोध एवं भर्सना गरे । त्यसपछि पञ्चायती शासकहरूको दमन तीव्र भयो । त्यतिबेला सानो पार्टीको नेतृत्व गरे पनि उहाँ सबैखाले दमन र अत्याचारका विरुद्ध उभिए र पञ्चायत विरोधी संर्घषमा ऐक्यबद्धता जाहेर गरिरहे ।
वि.सं.०४६ मा भएको जनआन्दोलनको पहिलो दिनमा नै पक्राउ परी आन्दोलन सफल भएपछि चैत्र २६ गते रातिमात्र छोडिएको थियो । समयको माग र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीका नेताहरूले आपसी एकताको लागि प्रयासहरू गर्न थाले ।
एउटै कम्युनिस्ट पार्टी बनेमा शक्तिशाली हुने र देशमा राजनीतिक स्थिरता आउने भएकोले ०४६ को सफल जनआन्दोलनपश्चात् ०४६ पौष २२ गते अधिकारीले नेतृत्व गरेको नेकपा ९माक्र्सवादी० र मदन भण्डारीले नेतृत्व गरेको नेकपा९माले० एकीकृत भई नेकपा ९एमाले० गठन भयो । एकतापछि बनेको पार्टीको अध्यक्ष पदमा उनी नै सर्वसम्मतले छानिए । त्यसैगरी ०४९ मा भएको नेकपा एमालेको पाँचौँ महाधिवेशनमा पुन अध्यक्ष पदमा नै चयन भए । प्रजातन्त्रको पुन स्थापनापश्चात् २०५ सिटका लागि भएको आम निर्वाचनमा एमाले पार्टीले ६९ सिटमा विजय हासिल गरी उहाँलाई संसदमा प्रतिपक्षी दलको नेतामा चयन गर्यो ।
०५१ मा भएको मध्यावधि निर्वाचन २०५ मध्ये ८९ सिट ल्याई एमाले संसदमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन र्गयो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे । नौ महिनामात्र शासन गर्न पाएको मनमोहन नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा जनपक्षीय र लोकप्रिय सरकारका रूपमा आफूलाई स्थापित गर्न सक्यो ।
२००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष र जनतामा देखाएको त्याग नै मनमोहन अधिकारीको सरकारको आधार थियो । मनमोहन जति दिन सत्तामा रहे जनताकै पक्षमा काम गरे । त्यसैले त उनी बालक, युवा, वृद्ध सबैका आशाका धरोहर बन्न पुगे । जनतालाई राहत दिने गरी काम गरेको देख्न नसक्ने देशी विदेशी शक्तिले अल्पमतको सरकारबाट हटाए पनि जनताले मनमोहनले बहुमतको सरकार चलाएको हेर्न चाहिरहेका थिए ।
०५६ सालमा हुन लागेको आमनिर्वाचनमा पार्टीले ‘आगामी सरकार एमालेको अल्पमतको होइन बहुतमतको’ भन्ने नारालाई अगाडि सारेपछि त्यो नारालाई सार्थकता प्रदान गर्न उहाँ अझ बढी जोस र जाँगरका साथ पार्टी काममा संलग्न हुन थालेका थिए । चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्ने प्रबल विश्वास उनीमा थियो र त्यही आत्मविश्वासले मेचीदेखि महाकालीसम्मका भू–भागहरूमा सक्रियतापूर्वक सहभागी भइरहेका थिए ।
चुनावी कार्यक्रमकोसन्दर्भमा वैशाख ६ गते काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. १ गोठाटारको चुनावी सभालाई सम्बोधन गरी निवास फर्कने क्रममा एक्कासि अस्वस्थ भए । त्यसलगतै शिक्षण अस्पतालमा र्पुयाई ७ दिनसम्म उपचारमा सम्भव भएसम्मका उपायहरू अप्नाउँदा पनि उनलाई बचाउन सकिएन । राष्ट्र र जनताका लागि लड्दालड्दै, निमुखा जनताका खातिर एमालेको बहुमतको सरकार बनाउने संकल्पमा जुट्दाजुट्दै ०५६ वैशाख १३ गते उनले यस धर्तीबाट सदाका लागि बिदा लिए ।
मनमोहन पार्टीको नेता होइन सिंगो मुलुकको अभिभावक बनेका थिए । त्यो जनभावना अनुसारको काम गरेका कारण थियो । मनमोहनपछि पनि एमालेले पटकपटक सरकारको नेतृत्व गर्ने मौका पायो तर पनि जनताले उनको नौ महिने साशनको जस्तो अनुभुति गर्न पाएका छैनन् ।
प्रतिकृया लेख्नुहोस्: