Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

महिलालाई कसरी प्रोत्साहन गर्ने ?

डा. बालकृष्ण साह
डा. बालकृष्ण साह

प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषतस् महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।

लैंगिक समानता र महिलाका अधिकारको प्रवर्द्धन, महिलाहरूको उपलब्धिलाई सम्मान गर्ने, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र समाजमा रहेको लैंगिक भेदभाव हटाउने यस दिवसको मुख्य उद्देश्यहरू हुन् भन्दा फरक नपर्ला।

सन् १९०८ मा अमेरिका हुँदै १९१० मा जर्मनीकी समाजवादी नेता क्लारा जेट्किनले अन्तर्राष्ट्रिय स्तरमा महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन्। त्यसपछि सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विट्जरल्यान्डमा पहिलोपटक औपचारिक रूपमा महिला दिवस मनाइएको इतिहास छ ।

संयुक्त राष्ट्रसंघले भने सन् १९७५ मा यसलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दिएको थियो। र, अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा मनाइएको ऐतिहासिक पृष्ठभूमि छ।

यसको सुरुवात महिलाहरूको श्रमिक आन्दोलनसँग सम्बन्धित छ । विशेषतस् पहिलो विश्वयुद्धका दौरान रुसका महिलाहरूले ‘रोटी र शान्ति’ माग्दै हड्ताल गरेका थिए। जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी, १९१७ को दिन थियो त्यो । पछि ग्रेगोरियन पात्रोअनुसार यो मिति मार्च ८ मा पर्‍यो । त्यसैले मार्च ८ लाई हरेक वर्ष अन्तर्राष्ट्रिय महिला मनाइने गरिन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस को नारा ‘कारबाहीलाई तीव्रता दिऔं’ भन्ने रहेको छ।

यो नाराले लैंगिक समानताको दिशामा प्रगति गर्न थप सक्रिय कदम चाल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । विश्व आर्थिक मञ्चका अनुसार, वर्तमान प्रगतिका दरमा पूर्णलैंगिक समानता हासिल गर्न सन् २१५८ सम्म लाग्न सक्छ, जुन लगभग पाँच पुस्ताको समयावधि हो।

त्यसैले, यस वर्षको थिमले समाजका सबै तहमा लैंगिक समानता प्राप्त गर्नका लागि कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल र नेपाली महिलाका लागि एउटा अवसरका रुपमा लिन सकिन्छ । यस अवसरमा नेपालका महिलाहरूका लागि कार्यस्थलमा सुरक्षित वातावरण, समान ज्याला र नेतृत्वमा सहभागी गराउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्न प्रेरित गर्ने कदम अगाडि बढाउन सकिन्छ ।

यस अवसरमा घरेलु हिंसा, दाइजो प्रथा, बालविवाह, तथा यौनजन्य हिंसा रोक्न प्रभावकारी कार्यान्वयनप्रति सचेतना गर्दै कार्यक्रमहरू तर्जुमा गर्न सकिन्छ । त्यसैगरी महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न पनि उत्ति नै आवश्यक छ ।

विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई साना तथा मध्यम व्यवसाय सञ्चालन गर्न सहुलियत ऋण, तालिम बजारको पहुँच उपलब्ध गराउने किसिमका अवसरको व्यवस्था गर्न सके यस दिवसको अर्थ लाग्ने थियो।

हुनत स्वास्थ्य र शिक्षाका लागि कुनै विशेष अवसर कुर्नु पर्दैन । मातृ मृत्युदर १५१ रहेको हाम्रो वर्तमान अवस्थालाई हेर्दा हाल विद्यमान गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क स्वास्थ्य सेवा तथा मातृ मृत्युदर न्यूनिकरणका लागि कार्यक्रमहरूको पहुँच बढाउन विशेष पहल अगाडि सार्नुपर्ने देखिन्छ।

त्यस्तै बालविवाहको अन्त्य, प्राविधिक तथा उच्च शिक्षामा छात्रवृत्ति, तथा सीपमुलक अध्ययनमा प्रोत्साहन गर्न र यसका लागि सचेतना बढाउन आवश्यक हुन्छ ।

नेपालले नीति, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण र नेतृत्वमा महिलाहरूको सहभागिता बढाएर अन्तर्राष्ट्रिय महिला दिवसलाई मात्र नभई महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयनमा ल्याउन सक्छ। सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाहरू र नागरिक समाजले मिलेर तीव्र कार्य गर्न आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending