काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ।
आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा बीजेपीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए।
कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै मतदान हुनेछ। केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ।
यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ/आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच९पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन(तीन सिटका लागि मतदान हुनेछ।
यस्तै मणिपुर, त्रिपुरा र जम्मु(कश्मीरका एक)एक सिटका लागि पनि भोलि नै मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मतदान हुनेछ।
आज हुने मतदानले राहुल गान्धीका अतिरिक्त कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, अभिनयबाट राजनीतिमा प्रवेश गरेका चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै लगातार तेस्रो कार्यकाल जितेर ह्याट्रिक गर्ने प्रयासमा रहेकी चर्चित अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ। अरुण गोबिल र हेमामालिनी दुवै भाजपाका उम्मेदवार हुन्।
पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो। सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ। जुन चारमा सबै क्षेत्रको एकसाथ मतगणना गरिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: