जनकपुरधाम। धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन्।
सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा एक सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर नगरपालिकामा एक सय नौ, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिए।
हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयद्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका बिरामीको संख्या बढदै गएको बताए। मधेश प्रदेशका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु हुने भएको छ। उक्त अभियानअन्तर्गत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए। अभियानअन्तर्गत धनुषामा आठ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ। सो कार्यालयले गत आर्थिक वर्षमा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो। ग्रामीण जनसंख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उनले भने। हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने अधिकृत दासले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: