Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ शनिबार सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए । 

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ । 

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताए । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे उल्लेख गरेका छन् । भिडिओबारे प्रतिक्रिया जनाउँदै बन्धक बनाइएकाका परिवारले उनीहरूको सकुशल फिर्तीका लागि आफूहरूले सङ्घर्ष जारी राख्ने बताएका छन् । उनीहरूले इजरायली सरकारसँग बन्धहरूलाई मुक्त गर्ने सम्बन्धी नयाँ सम्झौता गर्न आग्रह समेत गरेका छन् । 

युद्धविरामका लागि इजरायली प्रस्ताव अध्ययन गरिँदै: हमास

हमासले युद्धविरामका लागि इजरायलले अघि सारेको प्रस्ताव आफूले अध्ययन गरिरहेको बताएको छ । मध्यस्थताकर्ता इजिप्टको एक प्रतिनिधिमण्डल इजरायलमा रहेको र रोकिएको वार्ता सुरु गर्न प्रयासरत रहेको सञ्चारमाध्यममा आएको समाचारको एक दिनपछि हमासले शनिबार गाजा युद्धविरामका लागि इजरायलको पछिल्लो प्रतिप्रस्तावको अध्ययन गरिरहेको जनाएको हो । 

संयुक्त राष्ट्रसङ्घले ठूलो मात्रामा खाद्यान्न सहयोग नआएसम्म आगामी छ हप्ताभित्र गाजामा अनिकालको सीमा नाघ्ने चेतावनी दिएपछि युद्धविराम वार्ताको नयाँ सङ्केत देखिएको हो ।

इजरायलले गाजाको दक्षिणी रफाह शहरमा रहेका हमासका लडाकुमाथि आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकाले गाजाको पहिलेदेखि नै भयावह मानवीय अवस्था अझ भयावह हुने सहायता समूहहरूले बताएका छन् । 

इजिप्टसँगको सिमानामा पर्ने रफाहमा इजरायल र प्यालेष्टिनी इस्लामिक समूह हमासबीच करिब सात महिनादेखि चलेको युद्धका कारण विस्थापित भएका लाखौं प्यालेस्टिनीको भीड लागेको छ । “हामी निरन्तर आतङ्कित, बारम्बार विस्थापन र आक्रमणको डरमा बाँचिरहेका छौँ,” उत्तरमा इजरायली आक्रमणबाट भागेर आफ्ना पति र छोराछोरीसहित रफाह आएकी ३० वर्षीया निदा साफीले एएफपीलाई बताए । 

उक्त क्षेत्रमा नियमित बमबारी हुने गरेको छ । अस्पतालका अधिकारीका अनुसार रफाह र अन्य स्थानमा भएको हवाई आक्रमणमा शनिबार एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । मृतकमध्ये एक परिवारका सदस्य रहेको उनका आफन्त मोहम्मद युसुफले जानकारी दिए । उनले भने, “ मेरो घरलाई निशाना बनाउँदा बाबु, आमा, एक छोरी र दुई छोराको मृत्यु भयो । कोही पनि बाँकी रहेनन् ।”

युद्धविरामका लागि मध्यस्थता गरिरहेको इजिप्टले अवरुद्ध वार्ता अघि बढाउनका लागि ताजा जानकारीसहितको प्रतिनिधिमण्डल इजरायल पठाएको विवरण सञ्चारमाध्यमहरूमा आएका छन् ।

इजरायलका विदेशमन्त्रीले बाँकी बन्धकहरूलाई मुक्त गर्ने सहमति भए इजरायलले गाजाको दक्षिणी सहर रफाहमा गर्ने तयारी गरिरहेको स्थल कारबाही रोकिन सक्ने शनिवार बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE