Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ : अध्यक्ष मल्ल

खबरडबली संवाददाता

काठमाडौं । जोर्डनमा २८ अप्रिलबाट सुरू भएको ११ औं एशिया प्रशान्त सहकारी मन्त्रीस्तरीय सम्मेलनमा सोमबार राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी समुत्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी छन्।

सो सम्मेलनलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सम्बोधन गरेका थिए।

३० अप्रिलसम्म हुने सम्मेलन सरकार र सहकारीबीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा रहेको मल्लले बताइन्। एसिया प्रशान्त, मध्यपूर्वी एसिया र उत्तर अफ्रिकाको सहकारी समुत्थान, दिगो विकास र समावेशी विकासका लागि सरकार र सहकारीको साझेदारीतालाई बढवा दिने सम्मेलनको थिम रहेको छ।

अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान ग्लोबल बोर्ड सदस्य समेत रहेकी महासंघका अध्यक्ष मल्लले विश्व आर्थिक मन्दीका बेला सन २००८ मा सहकारीको समुत्थानशील शक्तिका कारण सहकारी अर्थतन्त्रलाई बढावा दिएका मुलुकहरूको अर्थतन्त्र टिकेको बताउँदै १० वर्षे सशस्त्र द्वन्द्व, महाभूकम्पलगायतका अफ्ठ्यारो परिस्थितिमा समेत सहकारीको समुत्थानशील शक्तिका कारण नेपालको ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान रहन सफल भएको जानकारी गराएकी थिइन्।

संविधानमा नै सहकारीलाई समावेश गरेका कारण नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका बृद्धि भइरहेको उनले बताइन्। संविधानमा नै समाजवाद उन्मुख तीन खम्बे अर्थतन्त्रलाई समावेश गरेको बताउँदै  महामसंघकी अध्यक्ष मल्लले सदस्य केन्द्रीयता, सुदृढ सञ्जाल, संस्थागत पुँजी कोषहरूको व्यवस्था, सामाजिक पुँजी निर्माणमार्फत् सदस्यको आर्थिक सामाजिक र वातावरणीय हित अभिवृद्धिजस्ता तत्वहरू नेपालको संविधान एवम् सहकारी ऐन नियममा अन्तरनिहित रहेकोले सहकारीको समुत्थानशील शक्ति प्रतिबिम्वित भएको बताइन्।

‘नेपालको संविधानमा नै सहकारीलाई सम्बोधन गरेको विषयलाई अन्य मुलुकले समेत विशेष रुपमा हेरेका छन्। संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारीकर्मी र सरकारले हातेमालो गरेर अगाडि बढेको खण्डमा नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ,’ उनले भनिन्।

एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरू, नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु र यस क्षेत्रका सहकारी अभियन्ताहरुको उत्साहवर्द्धक सहभागिता रहेको सो मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडी, सहसचिव कृष्ण सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको छ।

सो सम्मेलनको समयमा आइसिए एशिया प्रशान्त क्षेत्रको बोर्ड बैठक समेत सम्पन्न भएको छ। आइसिए एपीका सञ्चालक महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल भने भर्चुअल रुपमा बैठकमा सहभागी भएका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending