Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ ।

यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी सस्ंथा, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक सस्ंथाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक सस्ंथाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको जनाइएको छ । 

विश्वभर लाखौं एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । यस्ता एडुरोम सेवा सम्बन्धी हटस्पटको विस्तार दिनानुदिन पुस्तकालय, म्युजियम, सार्वजनिक स्थान, बस स्टेसन, विमानस्थल तथा कफी शपहरूमा भइरहेको छ । यो ससांरभर पूर्ण रुपमा निःशुल्क रूपमा उपलब्ध रहेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० वटा भन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यो नेटवर्क सेवा सरल, सुरक्षित र सजिलो प्रविधिमा आधारित छ । यो सेवा विश्वभरका रोमिङ पहुँचबाट संचालन हुन्छ । यसले रेडियस सर्भर मार्फत सुरक्षित कनेक्सन प्रदान गर्दछ । 

यो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित सस्ंथाको कर्मचारीहरूका लागि तयार पारिएको हो । एडुरोमको इतिहासः बैज्ञानिक अनसुन्धान र अन्वेषणमा संलग्न, बिश्वविद्यालय प्राध्यापक, तथा बिद्यार्थीले सहज र सुरक्षित रुपमा आफ्नो सस्ंथा भित्र इन्टरनेटमा जोडिन साथै एक सस्ंथाबाट अर्को सस्ंथामा गरिने यात्राको क्रममा इन्टरनेटको पहुँच सम्बन्धी आवस्यकतालाई सहज पार्नको लागि एडुरोमको जन्म युरोपमा भएको थियो । सन् २००४ डिसेम्बरमा अष्ट्रेलिया यस सेवामा आवद्ध भएको थियो ।

नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको हो । हाल काठमाडौ विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन बिज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय लगायत ४२ वटा सस्ंथामा एडुरोम सेवा उपलब्ध छ । यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका अनसुन्धान, सम्मेलनहरूमा सहभागी तथा अन्तरदेशीय भ्रमण गर्दा एडुरोम सेवा उपलब्ध रहेको क्षेत्रमा सहजै पहुँच हुने गर्दछ । 

नेपालमा शैक्षिक सस्ंथाहरूमा विद्यार्थीहरूको आवागमन हुँदा इन्टरनेटमा सहज पहुँच उपलब्ध गराउनु यसको महत्वपूर्ण पक्ष हो । सुरक्षित र प्रतिस्थित इन्टरनेट एडुरोम उपयोग गर्दा प्रयोगकर्ता सम्बन्धित सस्ंथाबाट एक युजरनेम र पासवर्ड अत्यन्त सुरक्षित तरिकाले प्राप्त गर्ने गर्दछन् । यसले विद्यार्थीहरूलाई एडुरोम सेवा उपलब्ध भएका विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय स्थानहरूमा अनलाइन शिक्षा, अनसुन्धान, र कन्फरेन्सहरूमा आवस्यक पर्ने इन्टरनेटको सहजै पहुच पुर्याउने गर्दछ । 

नेपालमा एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) हो । यो सस्ंथाबाट एडुरोमको प्रवर्धन तथा सेवा जडान गर्नुका साथै सम्पूर्ण प्राविधिक सहयोग प्रदान हुँदै आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलमा एडुरोम सेवाको विस्तारसँगै वैज्ञानिक अनुसन्धान तथा उच्च शिक्षाको क्षेत्रमा जोडिएका व्यक्तित्वहरूलाई नेपालले विशेष महत्व दिएको अनभुति यसका प्रयोगकर्ताहरूले गर्ने गर्दछन् । विदेशबाट नेपाल भ्रमणमा आउने प्राध्यापक वैज्ञानिक अनुसन्धानकर्ता नेपालमा आउँदा एयरपोर्टमा यस सेवाको सहजै पहुँच हुने र नेपालले विश्व जगतका प्राज्ञिक व्यक्तित्वहरूलाई महत्वपूर्ण रुपमा लिएको सकारात्मक संदेश विश्वजगतमा पुग्नेछ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मूल्य बढेको १५ दिन पनि नबित्दै बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठ...

को हुन् झाँडग समुदायबाटै पहिलो मन्त्री बनेकी बन्दना ?

काठमाडाैं । कोशी प्रदेशको नयाँ मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झाँगडले पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । ...

सुनसरी, बाँके र महोत्तरीबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ गरेको छ । सुनसरी, बाँके र महोत्तरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।  प्रहरीले सुन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार व्यक्तिहरू युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका ...

हात्ती धपाउन झापामा अत्याधुनिक ‘ड्रोन’को प्रयोग

काठमाडौं । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्...

आइतबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्। १६ औँ...

छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बाेलाए कांग्रेसलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपा...

संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने पक्षमा राप्रपा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृ...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छुः उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies