एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल महिनामा अचानक आएको बाढी, पहिरो र खराब मौसमका कारण केही क्षेत्रमा घरहरू भत्किएका थिए भने केहीमा बालीनाली नष्ट भएको थियो ।
पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले भने, “अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएको छ, जुन निकै असामान्य छ ।” “हामीले जलवायु परिवर्तनको प्रत्यक्ष परिणामको रूपमा यी अनियमित मौसमी स्वरूपहरू देखेका छौं,” उनले भने ।
पाकिस्तान अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिममा छ । अप्रिलमा सबैभन्दा बढी मृत्यु उत्तरपश्चिमी खैबर पख्तुनख्वामा थियो । यस राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको थियो भने तीन हजार ५०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए ।
प्रान्तको विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता अनवर शहजादले एएफपीसँग भने, “छाना भत्किएर र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो ।”
देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ । वातावरणविद् मरियम शब्बीर अब्बासीले एएफपीसँग कुरा गर्दै भने, “समग्र मौसमको ढाँचा लगभग डेढ महिना पछि परिवर्तन भएको छ, र हामीले अभूतपूर्व वर्षाका कारण हुने क्षतिबाट बच्न कृषि क्षेत्रका लागि हाम्रो क्यालेन्डर परिवर्तन गर्नुपर्छ ।
यस महिनाको सुरुमा अधिकारीहरूले पञ्जाबमा गहुँ काट्ने किसानसहित कैयौँ व्यक्तिको चट्याङ लागेर मृत्यु भएको र वर्षासँग सम्बन्धित विभिन्न घटनामा २१ जनाको मृत्यु भएको बताएका थिए ।
गत अप्रिलमा बलुचिस्तान प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । यी मध्ये चट्याङ लागेर सात जनाको मृत्यु भएको थियो भने वर्षाका कारण केही जिल्लामा जनजीवन अस्तव्यस्त हुनुका साथै विद्यालयहरू बन्द भएका थिए ।
पाकिस्तान प्रशासित काश्मिरको दक्षिणी सिन्ध प्रान्तमा आएको बाढीका कारण भएका १४ जनाको मृत्यु भएको छ भने सडक दुर्घटनामा परी बाढी र बर्षाका कारण भएका सडक दुर्घटनामा अन्य चार जनाको मृत्यु भएको छ ।
सन् २०२२ को ग्रीष्मऋतुमा पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैङ्कको अनुमान छ ।
यस महिना देशका धेरै भागहरूमा भारी वर्षा भइरहेका बेला सबैभन्दा ठूलो शहर कराँचीमा आइतबार वर्षकै सबैभन्दा गर्मी दिन भएको छ र तापक्रम ३७ डिग्री सेल्सियस (९९ डिग्री फरेनहाइट) पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: