काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।
यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । नेपालले टी- २० विश्वकपको टिम सम्भवत: आजै सार्बजनिक गर्दै छ । आज टी-२० विश्वकपको टिम सार्बजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।
नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।
त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।
नेपालले सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८१ - १५:२६
जनकपुर । मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस...
जेष्ठ ८ गते, २०८१ - १५:२२
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले से...
जेष्ठ ८ गते, २०८१ - १५:१८
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, ...
जेष्ठ ८ गते, २०८१ - १५:०८
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । नागरिकता द...
जेष्ठ ८ गते, २०८१ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकि...
जेष्ठ ८ गते, २०८१ - १४:२७
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा सरकार विरूद्व मोटरसाईकल र्याली निकालेको छ । पार्टीले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे ...
जेष्ठ ८ गते, २०८१ - १४:१८
माेफसलकाे प्याराफिटमा बसेर हेर्दा रमणीय देखिँदाेरहेछ खेल त्रिकाेणात्मक चतुरभुजीय झेल नठगीकन ठग्नेहरूका अङ्क गणितीय खेल ! ……………………...
जेष्ठ ८ गते, २०८१ - १३:५७
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् । प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिय...
जेष्ठ ८ गते, २०८१ - १३:५५
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रति...
जेष्ठ ८ गते, २०८१ - १३:१७
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...
प्रतिकृया लेख्नुहोस्: