Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

शैक्षिक गुणस्तर सुधार्न पर्वतका स्थानीयतह सक्रिय

खबरडबली संवाददाता
पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ ।
सामुदायिक विद्यालय खाली हुने अवस्था आएपछि जिल्लाका  विभिन्न पालिकाले सक्रियता बढाउन थालेका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी निजी विद्यालय सरह बनाउने उद्देश्यले विहादी गाउँपालिका, पैँयु गाउँपालिका र जलजला गाउँपालिकाले अभियान नै सञ्चालन गरेका छन् ।
हादी गाउँपालिकाले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीसँग शैक्षिक अन्तक्र्रिया गरेको छ । यही वैशाख १६ गतेदेखि सुरु भएको सो अभियान वडा नं ६ शालिग्राम माविमा समापन हुँदै छ । अन्तक्र्रियाका क्रममा थुुप्रै सुझाव सङ्कलन गरिएको र सोही सुझाव सल्लाहका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले बताए । सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गर्नुपर्ने सुझाव बढी आएका छन् । यसका लागि शिक्षकलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गराएर गुणस्तर सुधारमा लगाइने उनले बताए  ।
सबै वडामा अन्तक्र्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सबै विद्यालयका प्रअबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखि नै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताए । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने अध्यक्ष गुरुङले बताए । 
यस्तै पैँयु गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको छ  स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको मङ्गलबार पैँयु गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले उद्घाटन गर्नुभयो । विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने उनको भनाइ छ । 
विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्तमात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी कार्यक्रम ल्याइने छ । विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले जानकारी दिए । 
“हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका विद्यार्थीको धारणा बुझ्छौँ, विद्यार्थीका समस्या सुन्छौँ, वास्तविक समस्या पहिचान गर्छौं”, उनले भने, “आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गर्छौं ।”
यसैगरी जलजला गाउँपालिकाले शिक्षकबाटै गुणस्तर सुधार्न प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ । गाउँपालिकाले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा पाँच वर्षे विकास र गुणस्तर सुधारको प्रस्ताव माग गरेर प्रधानाध्यापक नियुक्त गर्न लागेको हो । विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएको भन्दै गाउँपालिकाले यो योजना अगाडि बढाएको हो । 
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । सोहीअन्तर्गत रहेर नयाँ प्रयोगका रूपमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्न लागिएको हो । गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउनसक्ने परिवर्तन, कार्यान्वयन गर्नसक्ने कार्यक्रमलगायतका स्पष्ट खाकासहितको प्रस्ताव तयार गर्नुपर्नेछ । जिल्लाका सातवटै पालिकामा गत शैक्षिकसत्रको अन्तिम परीक्षाको नतिजा निराशाजनक आएपछि गुणस्तर सुधार्न सक्रियता देखाएका हुन् । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ/ हावा हुरीसहितको वर्षा हुने

काठमाडौं ।  मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-...

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर बन्योः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमवार बेपत्ता योद्धा समाज परिवार...

दुर्घटनामा परी सब इन्जिनियरको मृत्यु

विराटनगर  । मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको छ । विराटचोक–घिनाघा...

दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित ...

संसदीय समिति गठनको माग गर्दै विपक्षी दलले सडक र सदन तताउने

काठमाडौं । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्...

विश्वासको मत पाएपछि ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । सोमबार प्रतिन...

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies