Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८२ शनिबार | 19th July, 2025 Sat
Investment bank

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताएका छन् । “१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ”, उनको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली  अर्पण गर्दै यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गरेका छन् । साथै उनले लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी राजनीतिक दल सबैलाई अभिनन्दन गरेका छन् ।

उनले सन्देशमार्फत भनेका छन्, “म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ । त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ ।”

सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिन गरिएको संकल्पका बारेमा उल्लेख गर्दै उहाँले उक्त सङ्कल्पलाई पूरा गर्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले राष्ट्रपति पौडेलले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

“जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन । यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ । किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौँ”, उनले भनेका छन् ।

आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

नागरिकका आम समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नुपर्ने तथा विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई उँचो बनाउनुपर्ने उनले उल्लेख गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा रडाको- लिङ्देनमाथि चार पदाधिकारीको संयुक्त काउन्टर, पार्टीमा एकलौटी अस्वीकार्य

काठमाडौं । राप्रपाका चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको आरोप लगाएका छन्।  वरिष्ठ उपाध्यक्ष विक्...

एमालेमा विद्याको कमब्याकले ल्याएको तरंग- ईश्वरले ओलीलाई नेतृत्व छाड्नुस् भनेपछि बैठकमा नोकझोक

ओलीको जवाफ- तपाईं कर्ण थापाको कुरा बोकेर नआउनुस्

एमाले नेतृत्वमा आउन नदिन ‘घेराबन्दीमा विद्या’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्व...

श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको उल्लेख गरेका छन्। सरकारले श्रमिकको न्यूनतम पारिश्रमि...

कालीमाटीमा च्याउको मूल्य १ दिनमै ९० रुपैयाँ घट्यो, प्याज पनि सस्तियो

काठमाडौँ । कालीमाटी तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज च्याउ, प्...

झोलाभरि पैसा बोकेर मालपोतदेखि मन्त्री निवाससम्म पुग्थे बिचौलिया सुजन

काठमाडौं ।  पोखरा–२५, हेम्जाको सुकुम्बासी टोलमा घर रहेको बताउने बिचौलिया सुजन लामा (तामाङ) दिनदिनैजसो कास्की मालपोत कार्यालय धाउँथे । उनको हातभरि फाइल...

४० मेगावाट क्षमताको राहुघाटको म्याद तेस्रोपटक थपियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...

मौसम पूर्वानुमान- चार प्रदेशमा अत्यधिक वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आ...

एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमा हुनेछ छलफल

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि गहन छलफल हुने एमाले सचिव योगे...

नेकपा एस र राष्ट्रिय एकता अभियानबीच आज एकता हुँदै

वामदेव गौतम अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियतामा रहने

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending