काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।
निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो ।
यस्तै, अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले अनुबन्धित गराएको थियो । फिल्मको मुख्य नायिकामा अञ्जना बराइली अनुबन्ध भएकी छन् ।
फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम केसीको अभिनय रहने भएको छ ।
यस फिल्मलाई सरोज पौडेलको निर्देशन गर्दै छन् । फिल्ममा उनकै लेखक रहेको छ । निर्देशक पौडेलका अनुसार यो फिल्म गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’ हुने छ । यही साता भित्र छायांकनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १९:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...
पौष १० गते, २०८१ - १९:१३
काठमाडाैं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीकाे पार्टी सदस्यबाट हटाउने निर्णय गरेकाे छ । एमालेकाे बुधबार बसेको सचिवालय बैठकले रावललाई ...
पौष १० गते, २०८१ - १८:४९
दैलेख । कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डार...
पौष १० गते, २०८१ - १८:४०
काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो । ...
पौष १० गते, २०८१ - १८:२५
काठमाडाैं । काठमाडौंबाट स्राेत नखुलेकाे ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ ला...
पौष १० गते, २०८१ - १८:२२
फिदिम । चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्याइजले ब...
पौष १० गते, २०८१ - १८:१८
बाँके । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ । नेपालगन्जमा रङ्गशालामा आयोजना गरिने प्रतियोग...
पौष १० गते, २०८१ - १८:१५
बुटवल । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गरेका छन् । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो ...
पौष १० गते, २०८१ - १८:१०
न्यूयोर्क । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बिच धेरै क्षेत्रमा...
पौष १० गते, २०८१ - १८:०७
सुनसरी । सुनसरीकाे वराहक्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित सप्तरी टोलमा मङ्गलबार राति विद्युतीय तार सर्ट भई आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।...
प्रतिकृया लेख्नुहोस्: