Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

४९ महिलाको हत्या गर्ने विश्वका सबैभन्दा खतरनाक सिरियल किलर रोबर्ट पिक्टनको हत्या

खबरडबली संवाददाता

काठमाडौं । विश्वका सबैभन्दा खतरनाक सिरियल किलरमध्ये एक रोबर्ट पिक्टनको क्यानडाको जेलमा हत्या गरिएको छ । कारागार प्रशासनले मे १९ मा उनीमाथि प्राणघातक हमला भएको जनाएको छ । यसपछि उनलाई क्युबेकको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको शुक्रबार मृत्यु भएको हो ।

९० को दशकमा ४९ महिलाको निर्ममतापूर्वक हत्या गरेको अभियोगमा पिक्टनलाई पक्राउ गरिएको थियो । तर, उनी ६ महिलाको मात्रै हत्यामा दोषी ठहर भएका थिए । उनीमाथि यौनकर्मीको हत्या गरी शरीरका अंगहरू आफ्नो सुंगुर फार्मका सुँगुरहरूलाई खुवाएको आरोप लागेको थियो। पिक्टन क्यानडाको भ्यानकुभर जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए।

प्रहरीका अनुसार पिक्टनमा आक्रमण गर्ने ५१ वर्षीय कैदीलाई हिरासतमा राखिएको छ । तर, प्रहरीले आक्रमणकारीको नाम भने खुलाएको छैन । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पिक्टनको क्रूरताको शिकार भएकी सिन्थिया कार्डिनलकी बहिनीले न् योर्क टाइम्सलाई बताएअनुसार उनी यो खबर सुनेर धेरै खुसी भएकी थिइन्। उनी अब दिदीको मृत्युको घटना बिर्सेर अगाडि बढ्न सक्छिन् ।

रोबर्ट पिक्टनलाई २००७ मा लागुऔषध दुर्व्यसनी केटीहरू र यौनकर्मीको हत्या गरी तिनीहरूको शरीर टुक्रा-टुक्रा पारेर सुँगुरहरूलाई खुवाएको अभियोगमा दोषी ठहर गरिएको थियो। तर, अनुसन्धानकर्ताले ६ जना महिलाको मात्र अवशेष फेला पारेका थिए ।

यसबाहेक अन्वेषकहरूले कम्तिमा ३३ महिलाको डीएनए फेला पारेका थिए। यद्यपि, प्रमाणको अभावको कारण, पिक्टन उनीहरूको हत्याको लागि दोषी ठहरिएनन् ।

एक पटक सोधपुछको क्रममा रेकर्ड गरिएको भिडियोमा पिक्टनले थप एक महिलाको हत्या गरेर ५० को कीर्तिमान बनाउन चाहेको बताएका थिए । पिक्टनले यौनकर्मी, भागेका वा लागुऔषधको लत र मानसिक स्वास्थ्य समस्याबाट पीडित महिलाहरूको शिकार गरे।

यी महिलाहरू पहिले नै समाजबाट अलग्गिएका थिए, त्यसैले तिनीहरूको मृत्यु सुरुमा पुलिसले बेवास्ता गर्यो। यद्यपि, यौनकर्मी समुदायले उनीहरूलाई कसैले निशाना बनाएको विश्वास गरेको थियो। त्यसपछि उनीहरूले विभिन्न स्वयंसेवी समूहसँग आफ्नो समस्या उठाए ।

यसपछि प्रहरी पनि बेपत्ता महिलाप्रति गम्भीर बनेको थियो । लामो खोजी पछि पुलिसले रोबर्ट पिक्टनलाई २००२ मा पक्राउ गर्यो। प्रहरीका अनुसार पिक्टनले वेश्यासँग शारीरिक सम्बन्ध राख्थे र पछि विषालु सुई लगाएर बेहोस बनाउँथे । यसपछि उनीहरुलाई मार्ने गर्थे । मिडिया रिपोर्टका अनुसार पिक्टनले आफ्नो पहिलो हत्या सन् १९९५ मा गरेका थिए । सन् २००१ सम्म उनले ४९ महिलाको हत्या गरेका थिए ।

सिरियल किलर रोबर्ट पिक्टनको जन्म अक्टोबर २६, १९४९ मा क्यानडामा भएको थियो। रोबर्ट पेशाले कसाई थिए, जसको सुँगुर फार्म थियो। पिक्टनले रेडलाईट क्षेत्रमा यौनकर्मीहरूसँग ग्राहकको रूपमा प्रस्तुत हुन्थे। त्यसपछि उनीहरूलाई थप पैसाको प्रलोभनमा आफ्नो खेतमा लगेर निर्ममतापूर्वक हत्या गर्थे।

रोबर्ट पिक्टनको पुस्तक ‘पिकटन: इन हिज ओन वर्ड्स’ विवादका कारण प्रतिबन्धित भएको थियो। पिक्टनले आफ्नो अनुभवको बारेमा एउटा पुस्तक लेखे, तर बजारमा आएको केही घण्टापछि नै यसलाई प्रतिबन्धित गरी अनलाइन बिक्रीबाट हटाइयो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending