काठमाडौं । पछिल्लो समय विश्वका कयौँ देशमा वर्ड फ्लु तीव्र गतिमा बढिरहेको छ । यसलाई केहीले कोरोना भन्दा पनि खतरनाक भनिरहेका छन् । अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारतसमेत विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा वर्ड फ्लुकै कारण एक जना ५९ वर्षका पुरुषको मृत्यु भएको छ । ती व्यक्तिमा एच५एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी सर्यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन । ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि थिए ।
कोरोना भन्दा खतरनाक छ सङ्क्रमण ?
पहिलो पटक मे २३ मा यस घटनाबारे जानकारी पाएको डब्ल्यूएचओले बताएको छ । यो कोरोना भाइरस भन्दा १०० गुणा खतरनाक सङ्क्रमण हुन सक्ने बताइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा एच ५ एन १ भाइरसको सङ्क्रमण सरेको मामिला नदेखिएको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले एउटा रिपोर्टमा हालै बताएको थियो । तर सबै जना यसको लक्षण र सङ्क्रमणको जोखिमबारे सतर्क रहन आवश्यक रहेको बताइएको छ ।
यो भाइरसको सङ्क्रमण भएको अवस्थामा हलुकादेखि गम्भीर सम्मका लक्षणहरू देखिन सक्ने र जसका कारण मृत्युदर बढ्ने खतरा रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: