Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

खबरडबली संवाददाता

काठमाडौं । दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । 

चालु आवको १० महिनामा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई पाँच अर्ब २६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड रुपियाँ कायम भएको थियो । 

नीतगत सुधारसँगै चालु आवको सुरुवातदेखि नै मुलुकमा भित्रिने वैदेशिक लगानीमा सुधार हुँदै आएको तथ्याङ्कले देखाएको छ । 

उद्योग विभागका अनुसार चालु आवको १० महिनामा ३०७ परियोजनामार्फत ४१ अर्ब ३८ करोड विदेशी लगानी स्वीकृत भएको छ । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा १०३ परियोजना, पर्यटनमा १४४ परियोजना स्वीकृत भएका छन् । 

उत्पादनमूलकमा ३४, पूर्वाधारमा सात,  कृषिमा सात र सबैभन्दा कम खानीजन्य दुई परियोजना स्वीकृत भएका छन् । विदेशी लगानीबाट एक हजार ७८३ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ । 

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवको फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७.२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७.२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२.४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ । 

२०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४.४ प्रतिशत र भारतको २२.२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८.७ प्रतिशत र भारतको १३.८ प्रतिशत रहेको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत विदेशी मुलुकमा भित्रिने गरेको पाइएको छ ।

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भएका उद्योगमा पर्यटन र सेवामूलक उद्योग रहेका छन् । सर्वेक्षण अनुसार सुरुदेखि हालसम्म छ हजार १११ उद्योगमा चार खर्ब ७८ अर्ब ८५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएकोमा सबैभन्दा धेरै दुई हजार ६४ वटा पर्यटन उद्योगमा एक खर्ब सात अर्ब ४५ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै दोस्रो सेवामूलक उद्योगमा दुई हजार ४५ उद्योग स्वीकृत भएकोमा एक खर्ब ३० अर्ब ४४ करोड रुपियाँ प्रतिबद्धता आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

यस्तै उत्पादनमूलक एक हजार ३२३ उद्योग स्वीकृत भई ७४ अर्ब ७२ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै कृषि तथा वनजन्य उद्योग तीन सय दर्ता भई आठ अर्ब ४७ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै १४४ वटा सूचनामूलक उद्योगमा १३ अर्ब चार करोड रुपियाँ स्वीकृत भएको छ । ९२ वटा ऊर्जामूलक उद्योगमा १३ अर्ब ७३ करोड लगानी स्वीकृत भएको छ । सबैभन्दा कम ७५ वटा खनिज उद्योगमा आठ अर्ब ३३ करोड विदेशी लगानी स्वीकृति भएको छ ।

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिएकाे समाचार गाेरखापत्र दैनिकमा लक्ष्मी सापकाेटाले लेखेकी  छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

‘आज्ञाकारी न्यायपालिका बनाउने प्रयास भइरहेको छ’ : कामु प्रधानन्यायाधीश

  काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...

भारतीय विदेशसचिवको भ्रमण किन रोकियो ? दुई कारणले बढायो नेपाल–भारत सम्बन्धमा चासो

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...

नेपालमा फासिवादको प्रभाव देखिन थाल्योः चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending