Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि दोहोरो झडप

\"baneswor_jhadapमहोत्तरी । बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि बिहिबार बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ । सोही क्रममा आन्दोलनकारीले आज बिहानैदेखि प्रहरीसँग दोहोरो झडप सुरु गरेका छन् । प्रदर्शनकारीले वि ीबहिबार बिहानैदेखि जलेश्वरको सिनेमाहल चोकमा टायर बालेर प्रहरीसँग झडप सुरु गरेका छन् भने जलेश्वरको दुर्गाचोक, शङ्कर चोक र नगरपालिका चोकमा पनि स्थानीयले प्रहरीलाई घेरा हालेर झडपको स्थिति सिर्जना गरेका छन् । प्रादेशिक सीमाङ्कनविरुद्ध विगत २० दिनदेखि महोत्तरीलगायत सम्पूर्ण मधेस अनिश्चितकालीन बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज बिहानैदेखि जलेश्वरको दुर्गाचोक, बुद्धिजीवी चोक, अस्पताल चोक, र शङ्कर चोकमा पनि सयौँको सङ्ख्यामा जम्मा भएर प्रहरीलाई चेतावनी दिइरहेका छन् । बुधबार राति झडपमा प्रहरीको कुटाइबाट सिनेमाहल चोकमा करिब एक दर्जन आन्दोलनकारी घाइते भएका छन् भने एक जना प्रहरी पनि घाइते भएका छन् । प्रहरीले बुधबार राति करिब १५ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबरको गोली प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएका थिए भने आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरी प्रहरीलाई पनि घाइते बनाएका थिए । विगत २० दिनदेखि जारी अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । महोत्तरीमा बन्दको कारण दैनिक उपभोगका खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत सिर्जना भएको छ । जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन पूर्णरुपमा ठप्प रहेका छन् भने जिल्लाका हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending