Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

रिकण्डीसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर

खबरडबली संवाददाता

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार काठमाडौंको अनामनगरमा अटो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन् ।

नेपाल रिकण्डीसन अटो व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले भने, ‘हेर्दा सामान्य तर केही व्यवहारिक समस्याहरूबाट रिकण्डीसन अटो व्यवसायीहरू प्रताडित छन् । उदाहरणकारुपमा बैंकहरुबाट रिकण्डीसन गाडी र विशेषगरि विद्युतीय सवारी साधनमा लगानी गर्न देखाइएको अनिच्छालाई लिन सकिन्छ ।’ 

त्यस्तै, अध्यक्ष कोइरालाले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । उनले भने, ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ । आधुनिक प्रविधिहरूको ज्ञान र प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ । यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्नेछ ।’ 

अटो व्यवसाय क्षेत्रमा देखिएका देखिएका फरक प्रवृत्तिहरु र अवसरहरूलाई सही सदुपयोग गर्दै यस व्यवसायलाई नयाँ उचाइमा पुर्या उने उनले प्रतिबद्धता व्यक्त गरे । यसका साथै उनले सामाजिक कार्यमा समेत सहभागी भएर समाजको समग्र विकासमा योगदान पुर्या उने बताए ।

कार्यक्रममा संघका कानुनी सल्लाहकार अधिवक्ता रुद्र ढुंगेलले अहिले नेपाली बजारमा नयाँ गाडी भन्दा पुराना गाडी खरिद गर्ने ग्राहक धेरै रहेको भएता पनि सेकेण्डहयांड सवारी साधनको लागी सरकारसंग स्पष्ट कर्जा लगानी नीति नभएको कारण ब्याबसायी तथा ग्राहकहरू समस्यामाँ रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘पुराना गाडीको कारोबारलाई व्यवस्थित गर्न राज्यको ध्यान केन्द्रित हुन सके यो क्षेत्रले राज्यको लागी अतुलनिय कर योगदान गर्दै स्वदेशमा नै रोजगारी समेत सृजना गरी युवा पलायनलाई रोकन मद्दत गर्नेछ ।’ 

कार्यक्रममा बोल्दै नेपाल आर्थिक पत्रकार संघकी कार्यवाहक अध्यक्ष मेनुका कार्कीले रिकण्डीसन अटो व्यवसायीहरुकाबारेमा धेरै आर्थिक पत्रकारहरू बेखरब रहेको बताइन् । उनले भनिन्, ‘यस्ता भेटघाट र अन्तरक्रियाले आपसी समस्या बुझ्न र सो क्षेत्रका समाचारहरु सम्प्रेषित गर्न पत्रकारहरूलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु ।’ 

संघका अध्यक्ष कोइरालाका अनुसार नेपाल रिकण्डीसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकण्डीसन अटोमोवाइल्स’हरुको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो । यो २०७२ साल फाल्गुण १९ गते स्थापना भएको हो ।

हाल यस संघमा देशभरिबाट करिब १४४ जना सदस्यहरू सक्रिय रहेका छन् । कोशी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भई यसै आर्थिक वर्ष भित्रमा अन्य पाँच वटा प्रदेशहरूमा समेत प्रदेश संगठनहरु तयार गर्ने संघको लक्ष्य छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसका मुख्यमन्त्री सिंह बने याे वर्षकाे ‘महामूर्ख’

जनकपुरधाम ।  यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिन...

माओवादी हेडक्वाटरमा शिक्षकहरूको धर्ना

काठमाडौं ।  शिक्षक महासंघले नेकपा(माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र...

एकीकृत समाजवादीले सार्वनिक गर्यो आन्दोलन कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवा...

राजावादीहरूको गतिविधिप्रति ‘वृहत् नागरिक आन्दोलन’ को आपत्ति

काठमाडौं । पछिल्लो समय राजावादीहरूले गरिरहेको गतिविधिप्रति नागरिक समाजले आपत्ति जनाएको छ । वृहत् नागरिक आन्दोलनको लेटरप्याडमार्फत् गरिएको सार्वजनिक अप...

नासाको स्पेसएक्स मिशन: अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै

काठमाडौं ।  प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले  शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्...

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

महोत्तरी । महोत्तरीकाे  लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...

विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।   दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...

जीपको ठक्करबाट वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...

सिन्धुलीमा शिक्षक भलिबल प्रतियोगिता सुरु

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...

एम्बुलेन्सको ठक्करबाट १जनाको मृत्यु, २ घाइते

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy