विजय दिवसकाे अवसरमा चीनमा सैन्य प्रदर्शन (फाेटाे फिचर सहित)
भाद्र १८ गते, २०७२ बिहिवार 3rd September, 2015 Thu१८:४९:२० मा प्रकाशित
बेइजिङ । चीनले बिहीबार विजय दिवस मनाउँदै सैन्य प्रदर्शन गरेकाे छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ ।
बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले सो विजय दिवसको अवसरमा विशेष परेड प्रदर्शन गरेका छन् । त्यस्तै चिनियाँ जनमुक्ति सेनाले यस अवसरमा विभिन्न कला कौशलहरू प्रदर्शन पनि गरिरहेका प्राप्त समाचारमा जनाइएको छ ।
त्यसैगरी चिनियाँ राजधानी सहरबाट प्राप्त पछिल्लो समाचारमा बिहीबार चिनियाँ राष्ट्रपति सि जिनपिङले बिहीबार बिहान उक्त कार्यक्रमको उद्घाटन गरेपछि उक्त कार्यक्रमको सुरुवात गरिएको थियो ।
त्यसपछि सुरु भएको सैनिक परेड बिहीबार दिनभरि जारी रहेको छ । उक्त प्रदर्शनीको नजर गर्न विश्वका कयौँ देशका सरकार तथा राष्ट्रप्रमुखहरू पनि पुगेका छन् ।
चीनमा बिहीबार सुरु भएको सो विशेष परेड हेर्न विश्वका ३० देशका नेताको सहभागिता रहेको जानकारी चीनले दिएको छ । त्यसमध्ये इजिप्टका राष्ट्रपति अब्देल फताह शिशी पनि एक रहेका छन् ।
चीनले जापानमाथि विजय हासिल गरेको यो ७० औँ वर्ष हो । त्यसैले चीनले यस वर्ष ७० औँ विजय दिवसका रूपमा मनाएको हो ।
सैनिक परेडको सुरुमा दोस्रो विश्वयुद्धमा लडेका करिब ९० वर्षको हाराहारीका केही चिनियाँ सैनिकले सो चीनको झण्डा समातेर घोडचढीमा प्रदर्शन गरेका थिए ।
दोस्रो विश्वयुद्ध झल्किने किसिमले प्रदर्शन गरिएको दृश्यले सबैको ध्यान तानेको प्राप्त समाचारमा जनाइएको छ ।
तियानमेन स्क्वायरमा दोस्रो विश्वयुद्ध लडेका करिब एक सय जना सैनिकलाई अघि लगाएर विभिन्न आभूषणका साथ प्रदर्शन गरेका थिए ।
यस कार्यक्रममा निकै जोडका साथ ताली बजेको थियो । उक्त प्रदर्शनीमा उपस्थित हजारौँ व्यक्तिले उक्त दृश्यको स्वागत गरेका थिए । रासस÷सिन्ह्वा
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: