सुनसरी । ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा शनिबार सुनसरीको इटहरीमा अवस्थित इटहरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ मुक्ता थापा र ब्वाइज तर्फ आरोन राज कुँवरले उपाधी हात पारेका छन् । विजेता थापा र कुँवरले क्रमशः २५ २५ हजार नगद सहित ट्रफी, क्राउन, ढाकाटोपीसंगै अन्य पुरस्कारहरु हात पारे ।
यस्तै ‘जुनियर फेस अफ सुनसरी’को ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ फर्स्ट रनरअप समन्ता श्रेष्ठ र सेकेन्ड रनरअप अक्ष्य श्रेष्ठ बन्न सफल भईन् भने ब्वाइज तर्फ बिहान श्रेष्ठ फर्स्ट रनरअप र आरभ नेपाल सेकेन्ड रनरअप बन्न सफल भएका छन् ।
फिनालेको निर्णायकमा मिसेस नेपाल विजेता शान्ती पाख्रीन गुरुङ, प्रशिक्षक तथा मेघा कलेजका म्यानेजिङ डाईरेक्टर पोशन श्रेष्ठ, अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाईजर मजेश गिरि, मोडल तथा कोरियोग्राफर स्मारिका घिमिरे, क्लासी मोडल इन्टरनेसनल विजेता प्रवीण पाठक रहेका थिए ।
प्रतियोगिताको फाईनलमा २१ जना बालबालिकाले उपाधिको लागी प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धीहरुलाई ४५ दिनको तालिम तथा विभिन्न रिफ्रेसमेन्ट कार्यहरुमा सहभागी गराईएको आयोजक संस्थाका संचालक दिपक गिरिले जानकारी गराए ।
प्रतिष्पर्धी बालबालिकाहरुलाई उमेश खड्काले कोरियोग्राफी सिकाएका थिए । यस्तै सहायक कोरियोग्राफरको रुपमा श्रेया गिरि, कोअर्डिनेटर राज सिंह र पब्लिक रिलेसन अफिसरमा मनिषा श्रेष्ठ रहेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: