Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘जुनियर फेस अफ सुनसरी’को बिजेता बने मुक्ता र आरोन

खबरडबली संवाददाता

सुनसरी ।  ‘जुनियर फेस अफ सुनसरी’ सम्पन्न भएको छ । बालबालिकाहरुको सौन्दर्यसंगै लुकेर रहेको प्रतिभालाई मञ्चमा ल्याउने र प्रोत्साहन गर्ने उद्देश्य सहित एल एण्ड सि मोडल एजेन्सीको आयोजनामा शनिबार सुनसरीको इटहरीमा अवस्थित इटहरी पार्टी प्यालेसमा सम्पन्न भएको हो । 

ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ मुक्ता थापा र ब्वाइज तर्फ आरोन राज कुँवरले उपाधी हात पारेका छन् । विजेता थापा र कुँवरले क्रमशः २५ २५ हजार नगद सहित ट्रफी, क्राउन, ढाकाटोपीसंगै अन्य पुरस्कारहरु हात पारे ।

यस्तै ‘जुनियर फेस अफ सुनसरी’को ग्राण्ड फिनालेबाट गर्ल्स तर्फ फर्स्ट रनरअप समन्ता श्रेष्ठ र सेकेन्ड रनरअप अक्ष्य श्रेष्ठ बन्न सफल भईन् भने ब्वाइज तर्फ बिहान श्रेष्ठ फर्स्ट रनरअप र आरभ नेपाल सेकेन्ड रनरअप बन्न सफल भएका छन् । 

फिनालेको निर्णायकमा मिसेस नेपाल विजेता शान्ती पाख्रीन गुरुङ, प्रशिक्षक तथा मेघा कलेजका म्यानेजिङ डाईरेक्टर पोशन श्रेष्ठ, अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाईजर मजेश गिरि, मोडल तथा कोरियोग्राफर स्मारिका घिमिरे, क्लासी मोडल इन्टरनेसनल विजेता प्रवीण पाठक रहेका थिए ।

प्रतियोगिताको फाईनलमा २१ जना बालबालिकाले उपाधिको लागी प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धीहरुलाई ४५ दिनको तालिम तथा विभिन्न रिफ्रेसमेन्ट कार्यहरुमा सहभागी गराईएको आयोजक संस्थाका संचालक दिपक गिरिले जानकारी गराए । 

प्रतिष्पर्धी बालबालिकाहरुलाई उमेश खड्काले कोरियोग्राफी सिकाएका थिए । यस्तै सहायक कोरियोग्राफरको रुपमा श्रेया गिरि, कोअर्डिनेटर राज सिंह र पब्लिक रिलेसन अफिसरमा मनिषा श्रेष्ठ रहेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending