Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस-एमाले मिलनबारे प्रचण्ड : देउवाले ढाँटेनन्, ओलीले अन्तिमसम्म रिङाइरहे

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मङ्गलवार बिहान ९ बजे नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको आकस्मिक बैठक बोलाए। तर आफू आफ्नै निवासमा आयोजित बैठकमा करिब एक घण्टा ढिलो पुगे।

एक पदाधिकारीका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटका कारण बैठकमा प्रचण्डको प्रवेश ढिलो भएको हो।

त्यतिन्जेल माओवादी पदाधिकारीहरूले विभिन्न व्याख्या र विश्लेषण गरेर एक घण्टा बिताए। कतिपयले पश्चिमा देशहरूले "चलखेल गरेको" विश्लेषण गरे।

कतिपयले सरकारले सुशासनको निम्ति चालेका कदमहरूबाट जोखिम देखेर नेकपा एमाले र कांग्रेस मिलेको अर्थ लगाए। विभिन्न अडकलबाजी भइरहे पनि परिणाम प्रचण्डको विपक्षमा देखियो।

गत संसदीय निर्वाचनपछि प्रधानमन्त्री हुँदाहुँदै तात्कालिक सहयात्री प्रचण्ड नेकपा एमालेसँग मिल्दै छन् भन्ने कुराको भेउ शेरबहादुर देउवाले नपाएको भन्ने टिप्पणी भएको थियो।

बालुवाटारमा ओली : ‘अन्तिम समयसम्म आश्वासन’

के यस पटक आफ्नो सरकार विस्थापित गर्न आफ्नै सत्ता सहयात्रीले खेलेको खेलबारे प्रधानमन्त्री प्रचण्डलाई पनि कुनै पूर्वाभास थिएन?

“हुन त किन नहुनु? प्रधानमन्त्रीले त्यसबारे बारम्बार कुरा पनि गर्नु भएको हो,” प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताउँदै माओवादी प्रवक्ता नेता अग्नि सापकोटा भन्छन्, “तर ओलीजीले 'होइन, यो कुनै हालतमा होइन। बरु सरकारलाई प्रभावकारी बनाउनतिरै लागौँ' भनेपछि त (उहाँको कुरा सही) ‘हो कि, हो कि’ भन्ने कुरा भयो नि त।”

प्रधानमन्त्रीले सोमवार भएको मन्त्रिपरिषद्को बैठकमा पनि सरकार परिवर्तनको सम्भावना नरहेको जानकारी गराएको मन्त्रीहरूले बताएका थिए।

नेकपा एमालेका कतिपय मन्त्री र नेताले समेत नयाँ समीकरण बन्न लागेको चर्चामा "कुनै दम नभएको" प्रतिक्रिया दिइरहे।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई अन्तिम समयसम्म झुक्क्याएको कतिपयको बुझाइ छ।

माओवादीको बुझाइ पनि त्यस्तै हो?

नेता सापकोटाका अनुसार मङ्गलवार बिहान पार्टी बैठकअघि भएको भेटमा पनि ओलीले प्रचण्डलाई "केही नभएको" बताएका थिए।

“उहाँले सकेजति अल्झाइरहन लागिरहनुभयो,” नेता सापकोटा भन्छन्, “अझै पनि केही भएको छैन, राष्ट्रिय सहमतिको सरकार बनाऔँ, बसौँ भन्नुहुन्थ्यो रे। बरु कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अब (सहमति) भयो, किन ढाँट्नू’ भन्नुभयो रे।”

तर अन्तिम समयसम्म पनि ओलीले राष्ट्रिय सहमतिको कुरा गरेर गठबन्धन विस्तार गर्न खोजेको सन्देश दिँदै आश्वस्त पार्न खोजेको माओवादी नेताहरू बताउँछन्।

भूराजनीतिक भूमिका

नेपालको सत्ता समीकरण परिवर्तनमा भूराजनीतिक भूमिकाको चर्चा चल्ने गर्छ। त्यसमा पनि दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनको भूमिका र प्रतिक्रियाप्रति धेरै चासो पाइन्छ।

माओवादी पदाधिकारी बैठकमा पनि कतिपयले प्रचण्ड पुग्नुअघि त्यसबारे चर्चा गरेका थिए।

“अरूहरूले पश्चिमाहरू (देशहरू) ले पनि खेले कि भन्ने आशङ्का थियो,” अर्का माओवादी नेता गणेश शाह भन्छन्, “मलाई चाहिँ उत्तर (चीन) को स्वार्थमा काम भएन, त्यसैले हातखुट्टा छोड्या हो कि जस्तो लागेको छ।”

चीनले वामपन्थी दलका नेताहरूलाई तारन्तार आफ्नो देशको भ्रमण गराउँदै आएको छ।

तर उसले निकै महत्त्व दिएको बीआरआई परियोजनाको कार्य योजना अघि बढाउन नेपालले चासो दिएको पाइँदैन। त्यसप्रति नेपालका दलहरूबीच पनि मतभेद देखिन्छ।

नेपाली कांग्रेसका एक नेताले केही महिनाअघि बीबीसीसँगको अनौपचारिक कुराकानीमा भारतमा चुनाव सम्पन्न भएपछि नेपालको राजनीतिमा "केही हुन सक्ने" आकलन गरेका थिए। तर तिनै नेताले ताजा सत्ता समीकरण बनाउन बाह्य भूमिका नदेखिएको बताए।

माओवादी नेता अग्नि सापकोटा भन्छन्, “अहिलेसम्म समग्र कुरा सुन्दा बाह्य चलखेल भएको जस्तो लागेन।”

तर वृद्धावस्थाका नेताहरूले सहमतिको निम्ति मध्यरातसम्मै पर्खिनुले "कुनै पनि बेला बन्न लागेको समीकरण भत्किन सक्ने" जोखिमप्रति सजग हुन चाखेको ठानिएको छ।

‘समीकरण भत्काउने अन्तिम उपाय'
आन्तरिक र बाह्य चलखेल हुने सम्भावनाबारे जहिल्यै पनि चर्चा चल्दै आएको पनि हो। तर आफैँ निर्णायक खेलाडी भएको बताउने पार्टी र नेताहरूमा बिहानसम्म पर्खिने धैर्य वा आत्मविश्वास नदेखिनुलाई कतिपयले अर्थपूर्ण ठानेको पाइन्छ।

निर्वाचन परिणामपछि कतिपयले साना दललाई चलखेल गर्न नदिन कांग्रेस र एमाले मिलेर सत्ता चलाउनुपर्ने धारणा व्यक्त गरेको पाइन्थ्यो।

तर खास गरी कांग्रेस नेताहरूले दुई ठूला दल मिल्नु संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकूल हुने बताउने गरेका थिए।

अहिले उनीहरू रातारात त्यही गर्न पुगे जे पहिले गर्न नहुने ठान्थे। माओवादी नेताहरूले अब "निरङ्कुशताको बाटोमा हिँड्ने प्रयास हुन सक्ने" जोखिम औँल्याउन थालेका छन्।

नेता अग्नि सापकोटा दुई ठूला दल मिलेर सरकार बनाउनु संसदीय मूल्य मान्यताविपरीत हुने ठान्छन्।

विभिन्न भ्रष्टाचार प्रकरणमा सरकारको कारबाहीको 'निसाना' आफूतर्फ सोझिने डरले नयाँ समीकरण बनेको चर्चा पनि चलिरहेको छ। माओवादी नेता सापकोटा भन्छन्, “सुशासन र समृद्धिका निम्ति सरकारले चालेका कदमहरू उहाँहरूलाई मन परेको परिरहेको थिएन। त्यसमाथि उहाँहरूले गरिरहेको संविधान संशोधनको कुरामा पनि अग्रगमनभन्दा पनि पछाडि फर्किने उद्देश्य देखिन्छ।”

त्यसैले राम्रो काम गर्दा गर्दै हामीलाई हटाए भन्दै माओवादी सडक आन्दोलनमा जान सक्ने सम्भावना पनि प्रकट हुन थालेको छ।

माओवादीले नयाँ समीकरणमा अवरोध पुर्‍याउन सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिने बताइन्छ।

त्यसो हुँदा ओलीलाई रोक्न सकिने माओवादी नेताहरूको बुझाइ छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे पनि कुराकानीबारे केही खुलाइएको छैन।

“उनीहरू राजनीतिक सहमति कार्यान्वयन गर्न कानुनी र प्राविधिक रूपमा अगाडि बढ्लान्, यता पनि हाम्रो विरुद्ध षड्यन्त्र भयो भन्दै बिस्तारै कार्यकर्ताहरूलाई तताउन थाल्ने काम होला,” माओवादी नेता गणेश शाहको बुझाइ छ।

संविधान निर्माणका बेला कांग्रेस र एमाले सत्तामा छँदा पनि माओवादीले आन्दोलनको प्रयास निकै गरेको थियो। पछि भूकम्पले निम्त्याएको त्रासदीलाई राजनीतिक सहमतिको अवसरको रूपमा प्रयोग गर्दै माओवादीले संविधान जारी गर्न सत्तापक्षसँगै एकीकृत हुन पुग्यो।

त्यसैले अहिले पनि विपक्षी मोर्चामा कति र कस्ता दल रहने छन् भन्ने कुराले माओवादीको भावी रणनीति सत्तापक्षको निम्ति दबावपूर्ण हुने वा नहुने कुरा निर्भर हुने ठानिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending