Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कांग्रेस-एमाले मिलनबारे प्रचण्ड : देउवाले ढाँटेनन्, ओलीले अन्तिमसम्म रिङाइरहे

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मङ्गलवार बिहान ९ बजे नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको आकस्मिक बैठक बोलाए। तर आफू आफ्नै निवासमा आयोजित बैठकमा करिब एक घण्टा ढिलो पुगे।

एक पदाधिकारीका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटका कारण बैठकमा प्रचण्डको प्रवेश ढिलो भएको हो।

त्यतिन्जेल माओवादी पदाधिकारीहरूले विभिन्न व्याख्या र विश्लेषण गरेर एक घण्टा बिताए। कतिपयले पश्चिमा देशहरूले "चलखेल गरेको" विश्लेषण गरे।

कतिपयले सरकारले सुशासनको निम्ति चालेका कदमहरूबाट जोखिम देखेर नेकपा एमाले र कांग्रेस मिलेको अर्थ लगाए। विभिन्न अडकलबाजी भइरहे पनि परिणाम प्रचण्डको विपक्षमा देखियो।

गत संसदीय निर्वाचनपछि प्रधानमन्त्री हुँदाहुँदै तात्कालिक सहयात्री प्रचण्ड नेकपा एमालेसँग मिल्दै छन् भन्ने कुराको भेउ शेरबहादुर देउवाले नपाएको भन्ने टिप्पणी भएको थियो।

बालुवाटारमा ओली : ‘अन्तिम समयसम्म आश्वासन’

के यस पटक आफ्नो सरकार विस्थापित गर्न आफ्नै सत्ता सहयात्रीले खेलेको खेलबारे प्रधानमन्त्री प्रचण्डलाई पनि कुनै पूर्वाभास थिएन?

“हुन त किन नहुनु? प्रधानमन्त्रीले त्यसबारे बारम्बार कुरा पनि गर्नु भएको हो,” प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताउँदै माओवादी प्रवक्ता नेता अग्नि सापकोटा भन्छन्, “तर ओलीजीले 'होइन, यो कुनै हालतमा होइन। बरु सरकारलाई प्रभावकारी बनाउनतिरै लागौँ' भनेपछि त (उहाँको कुरा सही) ‘हो कि, हो कि’ भन्ने कुरा भयो नि त।”

प्रधानमन्त्रीले सोमवार भएको मन्त्रिपरिषद्को बैठकमा पनि सरकार परिवर्तनको सम्भावना नरहेको जानकारी गराएको मन्त्रीहरूले बताएका थिए।

नेकपा एमालेका कतिपय मन्त्री र नेताले समेत नयाँ समीकरण बन्न लागेको चर्चामा "कुनै दम नभएको" प्रतिक्रिया दिइरहे।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई अन्तिम समयसम्म झुक्क्याएको कतिपयको बुझाइ छ।

माओवादीको बुझाइ पनि त्यस्तै हो?

नेता सापकोटाका अनुसार मङ्गलवार बिहान पार्टी बैठकअघि भएको भेटमा पनि ओलीले प्रचण्डलाई "केही नभएको" बताएका थिए।

“उहाँले सकेजति अल्झाइरहन लागिरहनुभयो,” नेता सापकोटा भन्छन्, “अझै पनि केही भएको छैन, राष्ट्रिय सहमतिको सरकार बनाऔँ, बसौँ भन्नुहुन्थ्यो रे। बरु कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अब (सहमति) भयो, किन ढाँट्नू’ भन्नुभयो रे।”

तर अन्तिम समयसम्म पनि ओलीले राष्ट्रिय सहमतिको कुरा गरेर गठबन्धन विस्तार गर्न खोजेको सन्देश दिँदै आश्वस्त पार्न खोजेको माओवादी नेताहरू बताउँछन्।

भूराजनीतिक भूमिका

नेपालको सत्ता समीकरण परिवर्तनमा भूराजनीतिक भूमिकाको चर्चा चल्ने गर्छ। त्यसमा पनि दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनको भूमिका र प्रतिक्रियाप्रति धेरै चासो पाइन्छ।

माओवादी पदाधिकारी बैठकमा पनि कतिपयले प्रचण्ड पुग्नुअघि त्यसबारे चर्चा गरेका थिए।

“अरूहरूले पश्चिमाहरू (देशहरू) ले पनि खेले कि भन्ने आशङ्का थियो,” अर्का माओवादी नेता गणेश शाह भन्छन्, “मलाई चाहिँ उत्तर (चीन) को स्वार्थमा काम भएन, त्यसैले हातखुट्टा छोड्या हो कि जस्तो लागेको छ।”

चीनले वामपन्थी दलका नेताहरूलाई तारन्तार आफ्नो देशको भ्रमण गराउँदै आएको छ।

तर उसले निकै महत्त्व दिएको बीआरआई परियोजनाको कार्य योजना अघि बढाउन नेपालले चासो दिएको पाइँदैन। त्यसप्रति नेपालका दलहरूबीच पनि मतभेद देखिन्छ।

नेपाली कांग्रेसका एक नेताले केही महिनाअघि बीबीसीसँगको अनौपचारिक कुराकानीमा भारतमा चुनाव सम्पन्न भएपछि नेपालको राजनीतिमा "केही हुन सक्ने" आकलन गरेका थिए। तर तिनै नेताले ताजा सत्ता समीकरण बनाउन बाह्य भूमिका नदेखिएको बताए।

माओवादी नेता अग्नि सापकोटा भन्छन्, “अहिलेसम्म समग्र कुरा सुन्दा बाह्य चलखेल भएको जस्तो लागेन।”

तर वृद्धावस्थाका नेताहरूले सहमतिको निम्ति मध्यरातसम्मै पर्खिनुले "कुनै पनि बेला बन्न लागेको समीकरण भत्किन सक्ने" जोखिमप्रति सजग हुन चाखेको ठानिएको छ।

‘समीकरण भत्काउने अन्तिम उपाय'
आन्तरिक र बाह्य चलखेल हुने सम्भावनाबारे जहिल्यै पनि चर्चा चल्दै आएको पनि हो। तर आफैँ निर्णायक खेलाडी भएको बताउने पार्टी र नेताहरूमा बिहानसम्म पर्खिने धैर्य वा आत्मविश्वास नदेखिनुलाई कतिपयले अर्थपूर्ण ठानेको पाइन्छ।

निर्वाचन परिणामपछि कतिपयले साना दललाई चलखेल गर्न नदिन कांग्रेस र एमाले मिलेर सत्ता चलाउनुपर्ने धारणा व्यक्त गरेको पाइन्थ्यो।

तर खास गरी कांग्रेस नेताहरूले दुई ठूला दल मिल्नु संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकूल हुने बताउने गरेका थिए।

अहिले उनीहरू रातारात त्यही गर्न पुगे जे पहिले गर्न नहुने ठान्थे। माओवादी नेताहरूले अब "निरङ्कुशताको बाटोमा हिँड्ने प्रयास हुन सक्ने" जोखिम औँल्याउन थालेका छन्।

नेता अग्नि सापकोटा दुई ठूला दल मिलेर सरकार बनाउनु संसदीय मूल्य मान्यताविपरीत हुने ठान्छन्।

विभिन्न भ्रष्टाचार प्रकरणमा सरकारको कारबाहीको 'निसाना' आफूतर्फ सोझिने डरले नयाँ समीकरण बनेको चर्चा पनि चलिरहेको छ। माओवादी नेता सापकोटा भन्छन्, “सुशासन र समृद्धिका निम्ति सरकारले चालेका कदमहरू उहाँहरूलाई मन परेको परिरहेको थिएन। त्यसमाथि उहाँहरूले गरिरहेको संविधान संशोधनको कुरामा पनि अग्रगमनभन्दा पनि पछाडि फर्किने उद्देश्य देखिन्छ।”

त्यसैले राम्रो काम गर्दा गर्दै हामीलाई हटाए भन्दै माओवादी सडक आन्दोलनमा जान सक्ने सम्भावना पनि प्रकट हुन थालेको छ।

माओवादीले नयाँ समीकरणमा अवरोध पुर्‍याउन सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिने बताइन्छ।

त्यसो हुँदा ओलीलाई रोक्न सकिने माओवादी नेताहरूको बुझाइ छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे पनि कुराकानीबारे केही खुलाइएको छैन।

“उनीहरू राजनीतिक सहमति कार्यान्वयन गर्न कानुनी र प्राविधिक रूपमा अगाडि बढ्लान्, यता पनि हाम्रो विरुद्ध षड्यन्त्र भयो भन्दै बिस्तारै कार्यकर्ताहरूलाई तताउन थाल्ने काम होला,” माओवादी नेता गणेश शाहको बुझाइ छ।

संविधान निर्माणका बेला कांग्रेस र एमाले सत्तामा छँदा पनि माओवादीले आन्दोलनको प्रयास निकै गरेको थियो। पछि भूकम्पले निम्त्याएको त्रासदीलाई राजनीतिक सहमतिको अवसरको रूपमा प्रयोग गर्दै माओवादीले संविधान जारी गर्न सत्तापक्षसँगै एकीकृत हुन पुग्यो।

त्यसैले अहिले पनि विपक्षी मोर्चामा कति र कस्ता दल रहने छन् भन्ने कुराले माओवादीको भावी रणनीति सत्तापक्षको निम्ति दबावपूर्ण हुने वा नहुने कुरा निर्भर हुने ठानिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending