बागलुङ । पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।
सुरु–सुरुमा आधुनिक हलो पाउनका लागि चासो दिनेहरु अहिले वास्ता गर्न छाडेका छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो । आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका–२ का किसान खुमबहादुर कुँवरले बताए।
तराईमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नभएको उनको भनाइ छ । करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा ह्रास आएपछि हलगोरु नै पाल्न थालेको कुँवर बताउँछन् ।
आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरी नजोत्दा मकैबाली ढल्ने, धानले गतिलो गरी जरा नहाल्दा उत्पादन घटेको उनको भनाइ छ । “गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेतबारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ”, उनले भने ।
उनका अनुसार बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ र गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बीउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुनेरहेछ । “मिनिटेलले माथिमाथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७र१८ मुरी धान फलाउथ्याँ, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पालेर जोत्न थालेको छु”, उनले सुनाए ।
पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहले अनुदानमा दिने आधुनिक हलोप्रति कम चासो दिएको पाइन्छ ।
जैमिनी नगरपालिका–४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताए । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उनको भनाइ छ । करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रूपमै हल गोरुले जोत्न थालेको थापा बताउँछन् । विभिन्न सरकारी सङ्घ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उनको भनाइ छ । उन्नत जातका बीउ प्रयोग भने बढ्न थालेको थापाले सुनाए ।
बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रूपमा खनजोत गर्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोत्साहन गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।
गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि रु पाँच लाख बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हराउन थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - २२:३२
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...
जेष्ठ १६ गते, २०८३ - २२:२७
काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...
जेष्ठ १६ गते, २०८३ - २२:२२
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...
जेष्ठ १६ गते, २०८३ - २२:१३
काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...
जेष्ठ १६ गते, २०८३ - २२:०५
काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...
जेष्ठ १६ गते, २०८३ - २१:५८
महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...
जेष्ठ १६ गते, २०८३ - २१:५५
काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...
जेष्ठ १६ गते, २०८३ - २१:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...
जेष्ठ १६ गते, २०८३ - २१:४३
सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...
जेष्ठ १६ गते, २०८३ - २१:३६
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...



प्रतिकृया लेख्नुहोस्: