काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ।
शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले बजेटमाथि विस्तृत छलफल गर्दै सरकारले मुलुकको आवश्यकता, आर्थिक यथार्थ र नागरिकको अपेक्षालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले दुई तिहाइ बहुमतको समर्थन प्राप्त सरकारले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि दूरदर्शी र परिणाममुखी बजेट ल्याउने अपेक्षा भए पनि त्यसअनुसारको बजेट प्रस्तुत गर्न नसकेको बताए।
उनका अनुसार बजेटमा शिक्षा, कृषि, पर्यटन, उत्पादनमूलक क्षेत्र तथा रोजगारी सिर्जनाजस्ता विषयलाई पर्याप्त प्राथमिकता दिइएको छैन। मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्न नसक्दा बजेटले अपेक्षित परिणाम दिन नसक्ने एमालेको ठहर छ।
महरले बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन र स्रोत सुनिश्चितता पनि भरपर्दो नदेखिएको टिप्पणी गरे। बजेटमा उल्लेख गरिएका कार्यक्रम तथा योजनाहरू पूरा गर्न आवश्यक आर्थिक आधार कमजोर रहेको भन्दै उनले सरकारको योजना र स्रोतबीच तालमेल नदेखिएको बताए।
बैठकले संसद्को नियमावली संशोधन सम्बन्धी विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ। प्रमुख सचेतक महरका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको दुई तिहाइ बहुमतका आधारमा संविधान संशोधन गर्न सकिने भावनाअनुसार संसद् नियमावली अघि बढाउन खोजिएको भन्दै एमालेले त्यसको प्रतिरोध गर्ने निर्णय गरेको छ।
यस्तै, बैठकमा जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो। महरले उक्त आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारिरहेको प्रतिवेदन सार्वजनिक भएपछि पार्टीले आफ्नो आधिकारिक धारणा तय गर्ने र संसदीय दलले पनि सोहीअनुसार आफ्नो दृष्टिकोण बनाउने निर्णय गरेको जानकारी दिए।
एमालेले सरकारको बजेटमाथि संसद्भित्र र बाहिर सशक्त ढंगले आफ्नो धारणा राख्ने तथा जनताका अपेक्षा र राष्ट्रिय आवश्यकताअनुसार बजेट परिमार्जनका लागि दबाब दिने संकेत समेत गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - २२:३२
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...
जेष्ठ १६ गते, २०८३ - २२:२७
काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...
जेष्ठ १६ गते, २०८३ - २२:२२
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...
जेष्ठ १६ गते, २०८३ - २२:१३
काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...
जेष्ठ १६ गते, २०८३ - २२:०५
काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...
जेष्ठ १६ गते, २०८३ - २१:५८
महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...
जेष्ठ १६ गते, २०८३ - २१:५५
काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...
जेष्ठ १६ गते, २०८३ - २१:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...
जेष्ठ १६ गते, २०८३ - २१:४३
सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...
जेष्ठ १६ गते, २०८३ - २१:३६
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...



प्रतिकृया लेख्नुहोस्: