Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

भूकम्पको पीडासँगै सिन्धुवासीलाई पहिरोले पिरोल्यो

\"landslide\"मेलम्ची । भूकम्पले सिन्धुपाल्चोक जिल्लाका विभिन्न बस्तीमा चिराचिरा परी कमजोर पारेको जमिनमा वर्षासँगै पहिरो जान थालेपछि जिल्लाका अधिकांश क्षेत्रका स्थानीयवासीले त्रास खेप्नु परेको छ । घर भत्किए पनि अस्थायी आवासका लागि बनाइएका टहरासमेत पहिरोले लाने होकी भन्ने चिन्ता जिल्लावासीमा रहेको छ । भूकम्पको पीडासँगै वर्षायाममा भूकम्पले कमजोर बनाएका जमिनमा पहिरो जान थालेपछि जिल्लाका स्थानीयवासी त्रासमा जीवन बिताइरहेका छन् । जिल्लाको उत्तरी हिमाली गाउँवासीलाई पहिरोको चिन्ताले सताएको हो । जिल्लाका हेलम्बु, भोताङ, बराम्ची, बरुवा, थाङ्पालधाप, गुन्सा, पाङ्ताङ, हगाम, गोल्चे, सेलाङलगायतका गाउँमा बनाइएका टहरा पहिरोले बगाउला भन्ने चिन्तामा डर र चिन्ताको भरमा बस्नुपरेको स्थानीयवासीको गुनासो छ । भूकम्पपीडितहरु टहरोमात्रै नभई कतै जानु पर्दासमेत पहिरो आएर आफैँलाई थिच्न सक्ने सम्भावना रहेको बताउँछन् । भूकम्पका कारण जताततै पहिरो गएकाले कतै हिँडडुल गर्नसक्ने अवस्था नरहेको र भूकम्पले जमिन चिराचिरा पारेको जमिनभित्र पानी पसेको हुँदा कुनै पनि बेला पहिरो जान सक्ने अवस्था रहेको पाङ्ताङका गाविसका स्थानीयवासी लक्ष्मण तामाङले बताए । अविरल वर्षासँगै जिल्लाका अधिकांश क्षेत्रमा लगातार पहिरो गइरहेको छ । जिल्लाको हिमाली गाउँ ओखरेनी जाने छोटो बाटोमा पहिरोको जोखिम बढेपछि स्थानीयवासी लामो दूरीको पैदलयात्रा गर्न बाध्य रहेको बताउँछन् । टहरोमा बस्दै आएका भूकम्पपीडितलाई वर्षाले निकै सास्ती दिएको छ भने कतिपय गाविसका भूकम्पपीडित पहिरोको जोखिमका कारण विस्थापित भएका छन् । सरकारले अहिलेसम्म भूकम्पबाट प्रभावित हेलम्बु क्षेत्रबाट तिम्बुफाँट, गुम्बाबाट पाङ्ताङ, गोल्चेबाट वैकुण्ठेमा ५६९ जना, जलवीरे, बराम्चीका ३४२ जनालाई कोइरालाडाँडामा र गोल्चेबाट सेलाङ, र बाह्रबिसे–७ बाट सरकारले स्थानीय रुम्चीटोलमा स्थानान्तरण गरिसकेको छ । भूकम्पबाट क्षतिग्रस्त र धाँजा फाटेका बस्तीमा पहिरो जान सक्ने सम्भावना देखेपछि त्यस्ता स्थानबाट स्थानान्तरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको उच्च जोखिम भएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न सतर्क गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending