काभ्रेपलाञ्चोक । जिल्लामा मनसुनजन्य विपदबाट पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढीपहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय प्रभावित हुनसक्ने आकलन गरेको हो ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले आज धुलिखेलमा बसेको समितिको बैठकमा जिल्लामा मनसुनजन्य विपद्का घटनाबाट उक्त सङ्ख्यामा नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार काभे्रपलाञ्चोकमा बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम छ ।
सोहीअनुसार स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा सरोकारभएका निकायबीचको सहकार्यमा पूर्वतयारी गरिएको प्रजिअ सेढाईंले बताए । “विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरणसम्म गर्नुपर्ने हुनसक्छ, त्यसका लागि पूर्वतयारीमा जुट्नुपर्छ”, उनले भने ।
सुनकोशी, इन्द्रावती र रोशी खोला तथा स–साना खहरेमा आउनसक्ने बाढीका कारण नागरिक तथा यातायातका साधन प्रभावित हुनसक्ने समितिले जनाएको छ । जिल्लामा बाढीका कारण एक हप्तामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
काभे्रपलाञ्चोकअन्तर्गत पर्ने अरनिको र विपी राजमार्ग एक सातादेखिको अविरल वर्षाले पहिरो जाँदा पटकपटक अवरुद्ध भएको छ । बैठकले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोषको रकम खर्च गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई खुला क्षेत्र र ठूला भवन व्यवस्थापन गरी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विपद्जन्य घटना व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् पूर्वतयारीस्वरुप पाँचखालमा सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यका लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ राखेको छ ।
धुलिखेल र आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध आसपासका स्थानीय तहमा हुने मनसुन विपद्मा उद्धार गर्ने जनाएको छ ।
उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ सशस्त्र प्रहरीलाई उद्धारमा खटिन तैनाथ गरिएको हो । गृह मन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: