काभ्रेपलाञ्चोक । जिल्लामा मनसुनजन्य विपदबाट पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढीपहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय प्रभावित हुनसक्ने आकलन गरेको हो ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले आज धुलिखेलमा बसेको समितिको बैठकमा जिल्लामा मनसुनजन्य विपद्का घटनाबाट उक्त सङ्ख्यामा नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार काभे्रपलाञ्चोकमा बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम छ ।
सोहीअनुसार स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा सरोकारभएका निकायबीचको सहकार्यमा पूर्वतयारी गरिएको प्रजिअ सेढाईंले बताए । “विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरणसम्म गर्नुपर्ने हुनसक्छ, त्यसका लागि पूर्वतयारीमा जुट्नुपर्छ”, उनले भने ।
सुनकोशी, इन्द्रावती र रोशी खोला तथा स–साना खहरेमा आउनसक्ने बाढीका कारण नागरिक तथा यातायातका साधन प्रभावित हुनसक्ने समितिले जनाएको छ । जिल्लामा बाढीका कारण एक हप्तामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
काभे्रपलाञ्चोकअन्तर्गत पर्ने अरनिको र विपी राजमार्ग एक सातादेखिको अविरल वर्षाले पहिरो जाँदा पटकपटक अवरुद्ध भएको छ । बैठकले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोषको रकम खर्च गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई खुला क्षेत्र र ठूला भवन व्यवस्थापन गरी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विपद्जन्य घटना व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् पूर्वतयारीस्वरुप पाँचखालमा सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यका लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेस’ राखेको छ ।
धुलिखेल र आइटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध आसपासका स्थानीय तहमा हुने मनसुन विपद्मा उद्धार गर्ने जनाएको छ ।
उद्धार सामग्रीसहित सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ सशस्त्र प्रहरीलाई उद्धारमा खटिन तैनाथ गरिएको हो । गृह मन्त्रालयको निर्णयअनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दा सडक र दूरीका हिसाबले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेस राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: