काठमाडौं । नेकपा एमालेले पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको नाम लगभग टुङ्गो लगाएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लागेको हो।
आइतबार राति प्रधानमन्त्री केपी ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे सामान्य छलफल भएको थियो ।
छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ ।
ती नेताका अनुसार कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो, पदम गिरी, महेश बर्तौँला र दामोदर भण्डारीलाई पनि मन्त्री बनाउन सकिने संकेत गरेका छन्। यद्यपि ती नामहरूमा केही फेरबदलसमेत हुनसक्ने ती नेताको बुझाइ छ।
मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएकाले ओलीको स्पिरिटमा काम गर्न सक्नेलाई मन्त्रीको जिम्मेवारी दिनेछन्।
एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - ०९:३२
काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ । देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी ...
कार्तिक १४ गते, २०८१ - ०९:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी विविध कार्यक्रमसहित मनाइँदैछ । नेकपा नेकपा (माओवादी केन्द्र) ...
कार्तिक १४ गते, २०८१ - ०९:२१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। ...
कार्तिक १४ गते, २०८१ - ०९:१८
काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणम...
कार्तिक १४ गते, २०८१ - ०९:१३
काठमाडौं । आफ्नो सरकारले सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु गरिएको उनक...
कार्तिक १४ गते, २०८१ - ०८:२७
काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडि...
कार्तिक १४ गते, २०८१ - ०८:१७
काठमाडौँ । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ ...
कार्तिक १४ गते, २०८१ - ०८:१५
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर, हिजो...
कार्तिक १४ गते, २०८१ - ०७:३७
एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउ पुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा
कार्तिक १४ गते, २०८१ - ०७:२५
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।...
प्रतिकृया लेख्नुहोस्: