Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

सञ्चारमन्त्री गुरुङद्वारा नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

शासन व्यवस्था परिवर्तन भए पनि काम गर्ने शैली र तौर–तरिका पुरानै भएकाले परिवर्तन हुन नसकिरहेको चर्चा गर्दै उनले भने, “सबै क्षेत्रमा अब नयाँ सोच, काम गर्ने शैली र तरिका चाहिन्छ । परम्परागत ढर्राले काम गरेर नयाँ परिवर्तन सम्भव छैन । हामीले मिलेर काम गरेर युवापिँढीलाई नयाँ सन्देश दिनुपर्छ ।”

काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने स्वभावको मान्छे आफू भएको चर्चा गर्दै मन्त्री गुरुङले भने, “लुकाएर छिपाएर काम गर्ने शैली मलाई आउँदैन, खुला दिलले, सफा हृदयका साथ काम गर्ने हो, राम्रो योजना र सोच लिएर आउनुस्, म बाट कुनै काममा बाधा हुँदैन, प्रोत्साहन मात्र हुन्छ ।” 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आफूभन्दा अघि पनि मन्त्रालयमा धेरै जना मन्त्रीको जिम्मेवारीमा आएर फर्किएकाे भए पनि आफू उद्देश्यमूलक काम गर्नेगरी जिम्मेवारीमा आएको बताए । विनायोजना र उद्देश्य काम गर्दा कहीँ पुग्न नसकिने भन्दै उनले स्पष्ट योजना र उद्देश्य लिएर सामूहिक रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

‘आया राम, गया राम’ म होइन, मन्त्रालयमामा जागिर खान मात्र आएको होइन, देश र जनताको पक्षमा कसरी सकारात्मक सन्देश दिनेगरी काम गर्ने भनेर जिम्मेवारीमा आएको छुँ । म जति दिन जिम्मेवारीमा रहन्छु असल नियतसाथ काम गर्छु, तपाईहरुको साथ र सहयोग त्यसैगरी पाउँछु भन्ने विश्वास छ’ उनले भने, ‘राम्रोका लागि म धेरै राम्रो छु, नराम्रोका लागि नराम्रो पनि छु ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: