Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कोरिन भाषामा तयार भयो चलचित्र गोर्खा वारियर

खबरडबली संवाददाता

काठमाडौं । गत  फागुन ११ बाट नेपालमा भव्य प्रदर्शन भएको अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ ।

निर्देशक मिलन चाम्सको ऐतिहाँसिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा रिलिज पछि अन्य विभिन्न भाषामा बिदेशमा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो चलचित्रलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको हो ।

कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले भने,‘यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको थियो । गोर्खा वारियरलाई पूर्ण रुपमा कोरियन भाषामै स्वराँकन सहित तयार गरेर यसको रिलिजको लागि सो कम्पनीले हिजो कोरियन भाषामै फस्ट लुक्स पोष्टर पनि बनाएर सार्वजनिक गरेको छ ।’ 

अब यसलाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए । कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरुमा पनि रिलिज गरिने छ । सम्भवत यसरी नेपाली चलचित्र पहिलो पटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको गोर्खा वारियर भएको पनि निर्देशक चाम्सले जानकारी गराए ।

यो चलचित्र यस अघि नेपाली र अँग्रेजीमा निर्माण भईसकेको छ । यो चलचित्रको पहिलो अन्तराष्ट्रिय रेड कार्पेट प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युवमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराएका छन् । यो चलचित्रको हिन्दी सँस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy