काठमाडौं । गत फागुन ११ बाट नेपालमा भव्य प्रदर्शन भएको अन्तराष्ट्रिय एतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ अब कोरियामा पनि रिलिज हुने भएको छ । यो चलचित्रलाई यतिबेला कोरियन भाषामा तयार गरिएको छ ।
निर्देशक मिलन चाम्सको ऐतिहाँसिक युद्ध जनराको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपाली भाषामा नेपालमा रिलिज पछि अन्य विभिन्न भाषामा बिदेशमा रिलिज गर्न लागिएको हो । यसै क्रममा यो चलचित्रलाई कोरियाको लागि कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले प्रदर्शन जिम्मा लिएको हो ।
कोरियन भाषामा प्रदर्शनबारे निर्देशक चाम्सले भने,‘यो चलचित्रलाई कोरियाको लागि ७ वर्षको प्रदर्शन तथा वितरण अधिकार कोरियन कम्पनी मुभमेन्ट पिक्चर कर्पले किनेको थियो । गोर्खा वारियरलाई पूर्ण रुपमा कोरियन भाषामै स्वराँकन सहित तयार गरेर यसको रिलिजको लागि सो कम्पनीले हिजो कोरियन भाषामै फस्ट लुक्स पोष्टर पनि बनाएर सार्वजनिक गरेको छ ।’
अब यसलाई कोरियाका सिनेमा हलमा रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए । कोरियन भाषाको गोर्खा वारियरलाई कोरियाको सिनेमा हलपछि त्यहाँको टेलिभिजन च्यानलहरुमा पनि रिलिज गरिने छ । सम्भवत यसरी नेपाली चलचित्र पहिलो पटक कोरियन भाषामा स्वराँकन गरेर तयार गरिएको गोर्खा वारियर भएको पनि निर्देशक चाम्सले जानकारी गराए ।
यो चलचित्र यस अघि नेपाली र अँग्रेजीमा निर्माण भईसकेको छ । यो चलचित्रको पहिलो अन्तराष्ट्रिय रेड कार्पेट प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित लेस्टर स्क्वायर स्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।
यो चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण चलचित्र गोर्खा वारियर अबको ७ वर्षसम्म युट्युवमा रिलिज नहुने पनि यसका निर्देशक चाम्सले जानकारी गराएका छन् । यो चलचित्रको हिन्दी सँस्करण भने ओटिटी प्लेटफर्मबाट रिलिज गरिने पनि निर्देशक चाम्सले जानकारी गराए ।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको यो चलचित्रमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।
गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: