ढाका । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले निजामती सेवा भर्ती नियमको विरोधमा भएको विद्यार्थी आन्दोलनमा ६ जनाको हत्याका लागि जिम्मेवार व्यक्तिहरूलाई सजाय दिने वाचा गरेकी छन् । प्रहरीले अन्त्येष्टि समारोहलाई तितरबितर गरेको केही घण्टापछि उनले सो वाचा गरेकी हुन् ।
प्रतिद्वन्द्वी विद्यार्थी समूहहरूले एक आपसमा इँटा र बाँसको लट्ठीले आक्रमण गर्दा मङ्गलवार मुलुकभर भएका झडपहरूमा ६ जनाको मृत्यु भएको थियो । साथै प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रहार गरी जुलुसलाई तितरबितर गरेको थियो ।
यो महिना सार्वजनिक क्षेत्रको नोकरीमा आरक्षणविरुद्ध प्रदर्शन सुरु भएपछि हिंसाको सबैभन्दा नराम्रो दिनमा हसिनाको सरकारले अर्को सूचना नभएसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न आदेश दिन प्रेरित गरेको छ ।
प्रधानमन्त्री हसिनाले हत्याको निन्दा गर्दै अपराधीहरूलाई न्यायको कठघरामा ल्याइने बताइन् । उनको प्रशासनमाथि वफादारहरूसँग प्रतिष्ठित सरकारी नोकरीहरू सुरक्षित गर्न कोटा योजनाको दुरुपयोग गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।
“म हरेक हत्याको निन्दा गर्दछु”, प्रहरी बल र प्रदर्शनकारीहरू बीच भएको झडपपछि उनले बुधवार साँझ टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै भनिन्, “म दृढताका साथ घोषणा गर्दछु कि हत्या, लुटपाट र हिंसा गर्नेहरू जोसुकै भए पनि म उनीहरूलाई उचित सजाय दिन सुनिश्चित गर्नेछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: