Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

शिर्ष बैठक : एमाले भन्छ–पेलेर जाउँ, माओवादी भन्छ–मिलाएर जाउँ

\"Prachanda_KP_Oli\"काठमाडौं । शिर्ष नेताहरुले सिमाकंन लगायतका विषयमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न पटकपटक छलफल गर्दा समेत निष्कर्षमा नपुग्नुमा नेकपा एमालेको हात रहेको बताउन थालेका छन् । सिमाकंन लगायतमा व्यापक असन्तुष्टी राख्दै आन्दोलनरत मधेशवादी, थारु समुदाय, दलित तथा महिलाहरुको माग सम्बोधन गर्दै सशोंधन प्रस्ताव लैजाने सन्दर्भमा एकिकृत नेकपा माअ‍ोवादीको पहलमा कांग्रेस सकारात्मक भएपनि एमालेका कारण सम्भव नरहेको एमाओवादीले आफ्ना दोस्रा तहका नेताहरुको बिफ्रिङमा बताएको छ । जायज मागहरुलाई सम्बोधन गर्ने पक्षमा रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति लगायत एमालेका नेताहरुसँग पटकपटक बसेर छलफल गर्दा समेत एमाले तयार नभएको माओावादी दावी छ । स्रोतका अनुसार एमाले कुनैपनि मागका बारेमा छलफल गर्न तयार नै छैन । उसको बुझाईमा संविधानसभामा प्रस्तुत मस्यौदा चलाउँदा झन धेरै समस्या आउन सक्छ । अहिले जे छ त्यसैमा अघि बढ्नुपर्ने उसको अडान छ भने एकिकृत नेकपा माओवादी थारु, मधेशी, दलित तथा महिला लगायतका मुद्धाहरु जायज भएको भन्दै संशोधन प्रस्तावमार्फत हल गनुपर्ने अडानमा छ । माओवादीको अडान र आन्दोलनरत पक्षको मागका सन्दर्भमा नेपाली कांग्रेसका प्रायजसो नेता सकारात्मक छन् । बैठकस्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्दोलनरत पक्षलाई पेलेर जानपर्ने अडानमा छन् । उनको, सबैलाई सन्तुष्ट बनाएर संविधान आउन नसक्ने तर्क छ । एमाओवादी भने सहयात्रि मधेशी फोरमका नेता विजयकूमार गच्छेदार समेत नहुने अवस्थामा सिङ्गो  मधेशलाई बेवास्ता गरेर संविधान ल्याउँदा त्यसको बैधानिकतामा प्रश्न उठ्न सक्ने भन्दै कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्नेमा जोड गरिरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले, आफुहरु थारु समुदाय र मधेशी जनमतको कदर गर्नैपर्ने पक्षमा रहेको समेत नेताहरुसँग बताएका छन् । आफ्ना दोस्रा तहका नेताहरुलाई जुनसुकैबेला सहमति हुनसक्ने भन्दै सिहंदरबारबाट शनिबार बाहिर नजान समेत भनेका छन् । एमाओवादी नेता नारायणकाजी श्र्रेष्ठको निवासमा शुक्रबार एमालेका मुख्य नेताहरुसँग गम्भिर छलफल गरेको एमाओवादी नेताहरुले एमाले आन्दोलनकारीसँग नरम नबनेको धारणा बनाएका छन् भने एमालेले माग सम्बोधनको नाममा कांग्रेसको सत्ता लम्ब्याउने खेलमा कतै माओवादीले साथ दिईरहेको त छैन भन्ने आंशकाको स्थितिमा पुगेको छ  । कांग्रेसको बुझाई सकारात्मक भएपनि मौन जस्तै बसेको एमाओवादी नेता बताउँछन् । कांग्रेस सहमति जुटाउने पहलमा पनि सहभागी छैन, माग सम्बोधन नगर्ने पक्षमा पनि छैन । मध्यस्थतताको भूमिकामा रहेको एमाओवादीले आश मारिनसकेको एमाओवादी नेता हरिबोल गजुरेल बताउँछन् । शनिबार साँझसम्म संशोधन प्रस्तावमा सहमति जुटाउने बताएका नेताहरुले दिउसोसम्म पनि आन्दोलनकारीको मागको बारेमा ठोस निष्कर्ष निकाल्न सकिरहेका छैनन् भने शिर्ष नेताहरुको बैठक यो समाचार लेख्दासम्म सिंहदरबारमा जारी छ । एमाओवादीको दौडधुप एमाओवादीका शिर्ष नेताहरु पछिल्लो एकहप्तादेखि सहमतिका लागि अहोरात्र दौडधुपमा छन् । कैलालीको थारु आन्दोलनबाट मुलुकले बेहोरेको क्षतिपश्चात एमाओवादीको बुझाईमा सबैभन्दा बढी अन्याय थारुहरुमाथि भएको भन्ने छ । देशभर सिमाकंन लगायतका विषयमा आन्दोलन हुन थालेपछि एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’, नेताद्धय बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठ सामुहिक र छुट्टाछुट्टै छलफलमा जुटेको हुन् । उमाओवादी अध्यक्ष प्रचण्डले मधेशमा आन्दोलनरत नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादवलाई टेलिफोन गरी काठमाडौं झिकाएका थिए । काठमाडौंमा माओवादी नेतृत्वसँग उनिहरु दुबैले भेटे छलफल गरेपनि सरकारसँग कुनै भेटघाट र छलफल हुन सकेन । उनिहरु दुबै नेताका मागलाई लिएर एमाओवादी नेतृत्वले पटकपटक  प्रधानमन्त्री सुशिल कोइरालासँग छलफल गरी कोइरालालाई सकारात्मक बनाएको थियो । यो बिचमा एमाओवादी नेताहरुले कांग्रेसकै नेता शेर बहादुर देउवा र एमालेका नेताहरु केपी शर्मा ओली, माधव नेपाल लगायतका नेताहरुसँग समेत छलफल गर्र्यो । एमाओवादी नेताहरुको निरन्तर प्रयासले कांग्रेसलाई सकारात्मक बनाउन र आन्दोलन पक्षलाई नरम बनाउन सफल भएपनि एमाले नेतृत्व भने अनुदार रहेकोले शनिबार सम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending