Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग

खबरडबली संवाददाता

काठमाडौं । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हुन् ।

दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गरेका हुन । उक्त दौड उनले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए । रकम दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधिन मीरा राई टे«निङ सेन्टर तथा आवासका लागि खर्च गरिने छ ।

राजेन्द्रलाई उक्त रकम उनकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गरेका हुन् । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्व खेलाडी पनि हुन् ।

भवन निर्माण स्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहिबार मीरा र इनिसियटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । खेलकुदप्रेमी सुनिल प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार पनि हुन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहयोगका लागि अपिल गर्दै गुरुङले संसारभर नेपालको नाम चम्काउँने मीरा जस्ता साहसी खेलाडीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए । करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीहरुका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।

‘देशविदेशमा रहेर अथक मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पुरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भनिन, ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशी मात्र बनाएको छैन, खेलाडीहरुका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।’

अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा  यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उनले बताइन । ‘आफुले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भनिन, ‘अवसर नपाएका प्रतिभावान खेलाडीहरु खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाँझ चिनाउँने लक्ष्य छ ।’

देश विदेशमा खेलेर जम्मा गरेको पैसाले जग्गा जोडन सफल भएपनि भवन बनाउन सम्भव थिएन तर विश्वभर रहनुहुने शुभचिन्तकहरुका सहयोगले आज सपना साकार हुने अवस्थामा आइपुगेको समेत उनले सुनाइन ।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राई सन् २०१७ मा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता पनि हुन् । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् ।

तत्कालीन् सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उनको जीवन खेलतर्फ मोडिएको थियो । उनले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् । उनले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसकेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending