काठमाडौं । मूल्य ओरालो लाग्दा गोलभेँडा किसान निराश भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरुको थोक मूल्य निर्धारण गर्दा गोलभेँडाको मूल्य निरन्तर ओरालो लाग्दा किसान निराश भएका हुन् ।
गत हप्ता निरन्तर वर्ष सँगै बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा गोलभेँडाको मूल्य आकाशिएपनि केही दिन देखी गोलभेँडाको मूल्य निरत्र ओरो लागी रहेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको १६ रुपैयाँ कायम भएको छ । समितिले यो मूल्य निर्धारण गरेपनि किसानले भने प्रतिकिलो १० देदि १२ रुपैयाँ पाउने गरेको भक्तपुरमा टनेलमा गोलभेँडाखेती गरी रहेका किसानहरु बताउँछन् ।
कालीमाटीमा कम आयात भएको समयमा बारीमै व्यापारीहरु हारालुछ गर्दै आउने भएपनि अरु सायमा गोलभेँडा बजार पठाउनै मुस्कील पर्ने किसान जीवन महर्जनले बताए ।
आफुले १०–१२ रपैयाँमा पठाएको गोलभेँडा उपभोक्ताको भान्छामा पुग्दा भने ५५–६० रुपैयाँ पर्ने हुँदा किसान र उपभोत्त,ा मारमा परेको उनको भनाइ छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको मूल्य निर्धारण भन्दा दोब्बर मूल्यमा उपभोक्ताले तिर्न पर्ने उपभोक्ताहरु बताउँछन् ।
आजकाे तरकारी मूल्यसूचीः
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको १६ रुपैयाँ कायम भएको छ ।
आलु रातोको ७२, काउली स्थानीयको ९०, लौकाको ९०, मकै बोडी १२०, अनारको ४००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ ।
यसैगरी रायोको साग प्रतिकिलो १५० रुपैयाँ कायम हुँदा धनियाँ तिकिलो ५०० रुपैयाँ कायम भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ११:०४
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...
पौष २५ गते, २०८१ - १०:५९
मोरङ । मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार बुधबार राति करिब साढे ७ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबा...
पौष २५ गते, २०८१ - १०:५९
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
पौष २५ गते, २०८१ - १०:४२
काठमाडौैं । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुर व्यवस्थापनमा चुनौती बनेकोे छ । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूल...
पौष २५ गते, २०८१ - १०:३२
बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि...
पौष २५ गते, २०८१ - १०:२८
काठमाडौं । के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ? हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निक...
पौष २५ गते, २०८१ - १०:१९
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आज बिहीबार आदेश दिने सम्भावना छ । आज जिल्ला सरकारी...
पौष २५ गते, २०८१ - ०९:२७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन...
पौष २५ गते, २०८१ - ०९:२२
राजविराज । कुखुरा किन्न साहुले दिएको रकम पचाउने नियतले लुटपाट भएको भनी नाटक रचेका एक चालक प्रहरीको फन्दामा परेका छन् । दुई दिनअघि सप्तरीको रुपनीमा ...
पौष २५ गते, २०८१ - ०९:१९
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरि...
प्रतिकृया लेख्नुहोस्: