Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस फेला

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ। गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।

यो भाइरसले विशेष गरी खोप नलगाएका र शारीरिक रूपमा कमजोर बच्चाहरूमा पक्षाघात निम्त्याउन सक्ने जनाइएको छ ।

“विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खान युनूस र देइर अल बलाह सहरबाट सङ्कलन गरेका छ वटा वातावरणीय नमुनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ’’, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय ९ओसिएचए०ले भन्यो, “हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन ।’’

ओसिएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भिडभाड, सफा पानीको अभाव, सरसफाइ र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लुए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्याङ्कन गरिरहेको बताए ।

उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाइ, पानीको खराब गुणस्तर र सुरक्षाको अभावले पोलियोलगायत ुखोप–रोकथाम योग्यु रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए। 

गाजामा अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पैसामात्रै भएर देश बन्दैन, सोच र संकल्प चाहिन्छ: विश्वप्रकाश शर्मा

गुल्मी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन्। गु...

देशको भविष्य निर्धारण गर्ने निर्णायक शक्ति अब मधेश : उपेन्द्र यादव

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेको छ । ...

मतदाताबाट आएको प्रतिक्रियाले पार्टीको रूपान्तरण अभियानप्रति विश्वास बढाएको छ: प्रदीप पौडेल

काठमाडौं । काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रत...

चुनाव आउँदा पनि रित्तै छ धारापानी, जनताले आश्वासन पनि सुन्न पाएनन्

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ...

रौतहटका ७७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेनन्

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस...

निर्वाचनका लागि झापामा तीन दिन सीमा नाका बन्द

दमक। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर,...

देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ, हामी पहिलो काम शक्तिशाली आयोग गठन गर्छौ: गगन थापा

काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुने

काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता : दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...

पेट्रोलियम पदार्थको बिक्रीमा रोक

कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE