कम्बोडिया । कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत कम्बोडियास्थित भारतीय दूतावासले बताएको छ, “कम्बोडियाका अधिकारीको सहयोगमा साइबर अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकहरू रिहा भएका छन् । कम्बोडियाली पक्षले उनीहरूको हेरचाह गरिरहेको छ । दूतावासले उनीहरूको द्रुत घर फिर्तीका लागि काम गरिरहेको छ र उनीहरूको कल्याणका लागि प्रतिबद्ध छ ।”
“कम्बोडियाली अधिकारीसँग नजिकको सहकार्यमा दूतावासले जबरजस्ती अनलाइन ठगीमा फसेका ६५० भन्दा बढी भारतीय नागरिकहरूको उद्धार र स्वदेश फिर्ता गर्न सहयोग गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।
भारतीय दूतावास कम्बोडियाका अधिकारीसँग निरन्तर सम्पर्कमा छ । उद्धार गरिएका १४ जना भारतीय नागरिकहरूको सुरक्षित र समयमै भारत फिर्ता सुनिश्चित गर्न आवश्यक औपचारिकता द्रुतरूपमा पूरा गर्न अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ ।
“दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र कम्बोडियामा भारतीय नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ । भारतीय नागरिकहरूलाई देशमा कुनै पनि रोजगारीको प्रस्तावको सन्दर्भमा अत्यधिक सावधानी अपनाउन र कुनै पनि संदिग्ध गतिविधिबारे दूतावासलाई तुरुन्तै जानकारी गराउन सल्लाह दिइन्छ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघि मे महिनामा कम्बोडियामा रहेको भारतीय दूतावासले कामका लागि कम्बोडिया जाने भारतीय नागरिकका लागि विदेश मन्त्रालयद्वारा अनुमोदित अधिकृत दलालमार्फत मात्र रोजगारी सुरक्षित गर्न सुझाव जारी गरेको थियो ।
“कम्बोडिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा रोजगारीका लागि जाने सबै भारतीय नागरिकहरूलाई यस क्षेत्रमा धेरै नक्कली दलालहरू कार्यरत रहेको जसले भारतीय दलालसँग मिलेर मानिसहरूलाई साइबरसम्बन्धी गैरकानुनी काम गर्ने कम्पनीमा रोजगारीको प्रलोभन दिइरहेका छन् ।”
कम्बोडियामा रहेको भारतीय दूतावासका अनुसार दुबई, बैंकक, सिङ्गापुर र भारतजस्ता ठाउँहरूमा यी कम्पनीहरूसँग सम्बन्धित दलालले साधारण अन्तर्वार्ता र टाइपिङ परीक्षा लिएर उच्च तलब, होटल बुकिङ, फिर्ती हवाई टिकट र भिसा सुविधा प्रदान गर्ने प्रलोभनमा पारी भारतीय नागरिकहरूलाई अवैध साइबर गतिविधिमा संलग्न गराइरहेका छन् । रासस/एएनआई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: