बैतडी । गत आर्थिक वर्ष २०८०/८१ मा बैतडीका सरकारी कार्यालयको रु ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।
सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट रु ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए ।
सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ रु पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये रु पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।
यस्तै, पुँजीगततर्फ रु ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये रु ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरूमा कूल बजेट रु छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा रु छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ ।
यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरूबाट खर्च हुन नसकेर रु ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए ।
यस्तै, प्रदेशका कार्यालयहरूमा चालुतर्फ रु ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा रु ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा रु एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशका कार्यालयहरूमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा रु दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ । प्रदेशका कार्यालयबाट रु ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २२ गते, २०८१ - २०:४७
माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ । भा...
भाद्र २२ गते, २०८१ - २०:४२
रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...
भाद्र २२ गते, २०८१ - २०:२४
बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पूर्व प्रधानमन्त्री थाक्सिन सिना...
भाद्र २२ गते, २०८१ - १९:५६
स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...
भाद्र २२ गते, २०८१ - १९:५१
काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...
भाद्र २२ गते, २०८१ - १९:४६
अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...
भाद्र २२ गते, २०८१ - १९:४०
काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् । सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...
भाद्र २२ गते, २०८१ - १९:३५
अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोक...
भाद्र २२ गते, २०८१ - १९:२९
चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...
भाद्र २२ गते, २०८१ - १९:२५
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...
प्रतिकृया लेख्नुहोस्: