Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दुई वर्षमा बोर्डको खर्चमा १२ पटक विदेश भ्रमण गए भुवन केसी

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता भुवन केसीको यही बधुबारबाट चलचित्र विकाश बोर्डमा अध्यक्ष पदावधि सकिँदैछ । उनी यतिबेला बेलायतमा छन् । त्यहाँ जारी ‘नेपाली फिल्म फेस्टिबल–२०२४’ को लागि उनी बेलायत पुगेको हुन् । अध्यक्षको रुपमा यो उनको अन्तिम अर्थात १२ औं विदेश भ्रमण पनि हो । उनी बेलायतको कार्यक्रमबाट नेपाल फर्कँदा चलचित्र विकाश बोर्डको अध्यक्ष पदावधी सकिएका हुनसक्छ ।

चलचित्र विकाश बोर्डको अध्यक्षहरुमा सबैभन्दा बढी बिदेश घुम्ने रेकर्ड भुवन केसीले बनाएका छन् । दुई वर्षमा अभिनेता भुवन केसीले दर्जन पटक विदेश भ्रमण गरिसकेका छन् । यस अघि कुनै पनि बोर्ड अध्यक्षले दुई वर्षको कार्यकालमा यति धेरैपटक विदेश घुमेका थिएनन् । बोर्ड अध्यक्ष केसीले चलचित्र विकाश बोर्डकै खर्चमा दुई वर्षमा यतिधेरै पटक विदेश भ्रमण गरेको बोर्डका एक कर्मचारीले बताए ।

यति धेरै पटक विदेश भ्रमण गर्नुको कारण सबै अफिसियल भ्रमण भएको अध्यक्ष केसीले यस अघि बताउँदै आएका थिए । तर चलचित्र विकाश बोर्डका एक कर्मचारीले यस विषयमा राजधानीसँग भने,‘बिगतमा बोर्डका सदस्य र कर्मचारीलाई समेत आलो पालो गरेर बिदेशका कार्यक्रममा सहभागी हुन पठाईन्थ्यो र बोर्ड अध्यक्ष मुस्किलले दुई वर्षमा ३÷४ पटकसम्म बिदेश भ्रमणमा जानु हुन्थ्यो । तर यसपटक अध्यक्षले ती सबै रेकर्ड तोडेर १२ पटक बिदेश भ्रमण गर्नु भएको देखियो ।’

यो दुई वर्षमा भुवन केसी अध्यक्षको रुपमा बेलायत मात्र तीन पटक पुगे । तीन पटक नै उनी चलचित्र विकाश बोर्डको पैसामा बेलायत पुगेका हुन् । बेलायतको कार्यक्रमलाई उनले बोर्डबाट दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेको छन् । शनिबार बेलुका समापन समारोह रहेको ‘नेपाली फिल्म फेस्टिबल’का लागि अध्यक्ष भुवन केसी बिहिबार नै बेलायत उडेका हुन् । यो कार्यक्रमका लागि बोर्डबाट डेढ लाख रुपैयाँ सहयोग गरिएको देखिन्छ ।

भुवन केसीको यतिधेरै विदेश मोह रह्यो की चलचित्रसँग सम्बन्धिन नरहेका संस्थाले गरेको कार्यक्रममा समेत चलचित्रको कार्यक्रम राखेर उनी बेलायत पुगे । नेशलन डेल्फिक काउन्सिल नामको गैह्र सिने सँस्थाले बेलायतमा आयोजना गरेको सेमिनारमा चलचित्र सम्बन्धि एउटा कार्यक्रम राखेर गत २५ माघमा भुवन केसी अध्यक्षको रुपमा बेलायत गएका थिए । यो क्रममा उनी एकसाता बेलायत बेसेका थिए । 

यो कार्यक्रमको लागि बोर्डबाट पाँच लाख रुपैयाँ सहयोग गरिएको बोर्डका कर्मचारीको भनाई छ । यस अघि पनि अध्यक्षको रुपमा अर्को एउटा कार्यक्रममा ११ माघ २०७९ मा भुवन केसी बेलायत पुगेका थिए । तर त्यतिबेला आफु कुन कार्यक्रमको लागि बेलायत पुगेको भनेर उनले आफ्नो सामाजिक सञ्जालमा खुलाएका छैनन् । यसरी दुई वर्षमा भुवन केसी तीन वटक बेलायत पुगे ।

यस्तै उनी चलचित्र विकाश बोर्डको पैसामा यो अवधिमा दुई पटक अमेरिका पनि पुगे । आफु बोर्ड अध्यक्ष भएपछि १३ देखि १५ अक्टोबर २०२२ मा अमेरिका स्थित कोलोराडोको डेनबर शहरमा भएको पाँचौं ‘एटा एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड –२०२२’को लागि पनि उनी अमेरिका गएका थिए । २०७९ सालको दशैं मानेर लगत्तै आफ्नी प्रेमिका जिया केसीलाई समेत लिएर अमेरिका पुगेका भुवन यो अवार्डमा तीन दिन सहभागी भएपछि उतै तिहार मनाएर तीन सातापछि नेपाल फर्किएका थिए । 

यो अवार्डको लागि पनि चलचित्र विकाश बोर्डले राम्रै आर्थिक सहयोग गरेको थियो । यस्तै उनी छैटौं ‘एटा एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड –२०२३’को लागि १० अगष्ट २०२३ मा अमेरिका पुगेका थिए । यो अवार्ड २७ साउन २०८० मा न्युयोर्कको किन्समा अयोजना भएको थियो । यो अवार्डलाई पनि चलचित्र विकाश बोर्डबाट सहयोग गरिएको थियो । आफ्नो दुई वर्षको कार्यकालमा भुवन केसी एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको लागि दुई पटक अमेरिका पुगेका हुन् ।

चलचित्रसँग सम्बन्धित नभएको अर्को अवार्डमा पनि उनी चलचित्र विकाश बोर्डबाट आर्थिक सहयोग प्रदान गर्ने भन्दै जापान घुमेका छन् । सत्यकला लामा र समिल लामाले जापानमा गत माघको अन्तिमसाता आयोजन गरेको ‘एमएमएस अवार्ड–२०२४’को लागि भुवन केसी जापान गएका थिए । यो अवार्डमा उनले आफ्नो प्रेमिका जियालाई समेत लगेका थिए । यो अवार्डमा भने चलचित्र विकाश बोर्डकी एक महिला कर्मचारी बोर्डका तर्फबाट सहभागी भईन् । 

बोर्डबाट यो अवार्डका लागि ९ लाख रुपैयाँ दिने तयारी गरिएको भएको थियो । पछि बोर्डका सदस्यसचिव र सदस्यहरुले सो बाजेट पास गर्न नमानेपछि केही रकम घटाएर सो म्युजिक अवार्डलाई आर्थिक सहयोग प्रदान गरिएको पनि बोर्डका कर्मचारीले बताएका छन् । यसरी म्युजिक अवार्डमा समेत बोर्डबाट आर्थिक सहयोग प्रदान गरेर भुवन केसी विदेश पुगेको बोर्डका ती कर्मचारीले राजधानीलाई खुलाए ।

भुवन केसी आफ्नो अध्यक्ष कार्यकालमा दुई पटक भारतको मुम्बई पुगेका छन् । मुम्बईमा जेठको तेश्रो साता आयोजना गरिएको दादा साहेव फाल्के अवार्डमा सहभागी हुन उनी १६ जेठमा मुम्बई पुगेका थिए । बोर्डकै खर्चमा मुम्बई पुगेका उनी एकसाता मुम्बई बसेर काठमाडौं फर्केका थिए । उनी फेरी गत असारको पहिलो साता मुम्बई पुगे । यसपटक भने बोर्डकै खर्चमा चलचित्र विकाश बोर्डबाट उनी अफिसियल भ्रमणको लागि मुम्बई पुगेका हुन् । 

त्यहाँ चलचित्र सेन्सर सम्बन्धि एउटा कार्यक्रममा असारको पहिलो साता राखिएको थियो । जसमा उनी दुई दिन सहभागी भएको देखिन्छ । भुवन यस अघि पनि चलचित्र विकाश बोर्डबाटै अध्यक्षको रुपमा भारतको गोवा पुगेका थिए । गत मँसिर २ गतेबाट भारतको गोवामा सुरु भएको अन्तराष्ट्रिय फिल्म बजारमा सहभागी हुन बोर्डका तर्फबाट त्यहाँ पुगेका थिए । यो भ्रमणमा उनले बोर्डका केही कर्मचारीलाई पनि सहभागी गराएका थिए । त्यो चलचित्र बजारमा चलचित्र विकाश बोर्डका तर्फबाट एक दर्जन पोष्टर टाँसेर केही बुकलेटहरु सहित एउटा स्टल पनि राखिएको थियो । यो कार्यक्रममा पनि बोर्डको राम्रो खर्च भएको थियो ।

भुवन केसीको सबैभन्दा विवादित बिदेश यात्रा दुवईको यात्रा रह्यो । चलचित्र विकाश बोर्डका तर्फबाट ५० लाख रुपैयाँ खर्च गरेर एउटा नीजि कम्पनीसँग भुवन केसीले २०७९ फागुनको पहिलो साता दुवईमा तीन दिवसीय ‘नेपाल सिनेमा फेस्टा–२०२३’ आयोजना गरे । यो फेस्टमा चलचित्र विकाश बोर्डका सबै सदस्य, सदस्य सचिव र आधा भन्दा बढी कर्मचारीसहित जम्बो टोली नेपालबाट गएको थियो । सो फेस्टामा आफुहरुलाई नसमेटेको भन्दै नेपाली चलचित्र उधोगका सबैजसो संघ संस्थाका अध्यक्षहरुले सो फेस्टाको विरोध समेत गरेका थिए । भुवनको एक साताको यो दुवई भ्रमण थियो ।

जर्मनमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल–२०२३’ गत सेप्टेम्बरमा आयोजना हुँदै थियो । यो महोत्सबका अध्यक्ष सन्तोष सुवेदी विरामी भएपछि अन्तिम चरणमा यो फेस्टिबल त्यहाँ आयोजना हुन सकेन । यो फेस्टिबलको प्रमुख अतिथिमा बोर्ड अध्यक्ष भुवन केसी थिए । जसका लागि अध्यक्ष केसीको भिसा समेत लागेको थियो । फेस्टिबल रद्ध भए पनि आफ्नो भिसाको सदुपयोग गर्दै अभिनेता भुवन केसी गत २३ सेप्टेम्बरमा युरोप भ्रमणमा निक्लिए । त्यतिबेला स्विट्जरल्यान्डलगायत विभिन्न युरोपको सेन्जियन मुलुक घुमेर उनी एक सातामा नेपाल फर्किएका थिए ।

यसरी दुई वर्षको आफ्नो चलचित्र विकाश बोर्डको कार्यकाल सकिँदै गर्दा बोर्डको तर्फबाट चलचित्र कार्यक्रम देखि साँगीतिक तथा अन्य कार्यक्रममा आर्थिक सहयोग गरेर भुवन केसीले १२ पटकसम्म बिदेश भ्रमण गर्न भ्याए । उनको यो भ्रमणलाई बोर्डका कर्मचारीहरुले समेत केसीको विदेश भ्रमण मोहको रुपमा चर्चा गरेका छन् । योे समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending