काठमाडौं । छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।
भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ ।
बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । भारतको तुुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ ।
भारतमा सुनचाँदीमा भन्सार शुुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए ।
भारतभन्दा नेपालमा सुनको मूूल्य महँगो हुुँदा गैरकानुुनी तबरबाट सुनको काराबोर बढ्ने हुुँदा बजारलाई धराशायी बनाउने उनको भनाइ छ । खुुला नाकासँगै नेपालमा सुनको मूल्य महँगो हुुँदा जसले पनि सुुन ल्याएर नेपालमा बिक्री गर्न सकिने उनले बताए ।
उनले भने, “यसले नेपाली सुुनचाँदी बजारमा प्रत्यक्ष असर पर्नुुका साथै बजारमा तस्करी बढ्ने हुुँदा सुनमा लगाउँदै आएको भन्सार शुुल्क १० प्रतिशतमा झार्न अति आवश्यक छ ।” गैरकानुुनी तवरबाट नेपालमा सुुन भित्रिँदा राजस्व सङ्कलनसमेत कम हुने उनले बताए ।
नेपालमा सुन आयातमा भन्सार शुुल्क बढ्दा सुनको मूूल्य थप उच्च भएको छ । चालु आवमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएका थिए।
व्यवसायीका अनुसार सुनमा भन्सार दर बढ्दा तोलामा छ हजार रुपियाँले महँगो भएको व्यवसायीको भनाइ छ ।
यसअघि नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । भारतले भन्सार दर नेपालको भन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी बढ्ने देखिएको व्यवसायी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: