Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी

खबरडबली संवाददाता

काठमाडौं । छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । 

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । 

बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । भारतको तुुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ । 

भारतमा सुनचाँदीमा भन्सार शुुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए । 

भारतभन्दा नेपालमा सुनको मूूल्य महँगो हुुँदा गैरकानुुनी तबरबाट सुनको काराबोर बढ्ने हुुँदा बजारलाई धराशायी बनाउने उनको भनाइ छ ।  खुुला नाकासँगै नेपालमा सुनको मूल्य महँगो हुुँदा जसले पनि सुुन ल्याएर नेपालमा बिक्री गर्न सकिने उनले बताए । 

उनले भने, “यसले नेपाली सुुनचाँदी बजारमा प्रत्यक्ष असर पर्नुुका साथै बजारमा तस्करी बढ्ने हुुँदा सुनमा लगाउँदै आएको भन्सार शुुल्क १० प्रतिशतमा झार्न अति आवश्यक छ ।”  गैरकानुुनी तवरबाट नेपालमा सुुन भित्रिँदा राजस्व सङ्कलनसमेत कम हुने उनले बताए । 

नेपालमा सुन आयातमा भन्सार शुुल्क बढ्दा सुनको मूूल्य थप उच्च भएको छ । चालु आवमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएका थिए। 

व्यवसायीका अनुसार सुनमा भन्सार दर बढ्दा तोलामा छ हजार रुपियाँले महँगो भएको व्यवसायीको भनाइ छ । 

यसअघि नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । भारतले भन्सार दर नेपालको भन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी बढ्ने देखिएको व्यवसायी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending